प्रदेश सरकार परिवर्तनको कुरा निराधार हो : मुख्यमन्त्री भट्ट | Khabarhub Khabarhub

प्रदेश सरकार परिवर्तनको कुरा निराधार हो : मुख्यमन्त्री भट्ट


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको नेतृत्व परिवर्तनको कुरा निराधार भएको बताएका छन् । उनले अहिले सरकारको नेतृत्व परिवर्तन गर्ने बेला नभएको बताए ।

उनले भने, “प्रदेश सरकार तथा नेतृत्व परिवर्तनको कुनै कुरा उठेको छैन, सरकार परिवर्तनको हल्ला निराधार हो ।” पछिल्लो समय प्रदेशका कैलालीलगायत जिल्लामा पुनःकोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गएकाले आफूहरु रोकथाम तथा नियन्त्रणमा बढी केन्द्रित भएको बताए ।

उनले भने, “हामी हाम्रो प्रदेशमा कसरी कोरोना नियन्त्रण तथा रोकथाम गर्ने भन्ने प्रयासमा छौँ । काम नपाएकाहरु सरकार परिवर्तन हुँदैछ भन्ने हल्ला फिँजाउँदैछन् ।”

साथै मुख्यमन्त्री भट्टले सरकार परिवर्तन हुने भन्ने निराधार हल्ला तथा भ्रमका पछि नलाग्न र विकासका योजना तथा महामारी नियन्त्रणका क्षेत्रमा लाग्न सबैमा आग्रह गरे ।

उनले अहिले देशकै राजनीतिक समीकरण परिवर्तन भएकाबेला प्रदेश सरकार हेरफेर भए पनि नौलो कुरा नहुने जानकारी दिए । दुई तिहाइको सङ्घीय सरकार आफ्नै कारणले विघटन भए पनि सुदूरपश्चिम सरकारले एमालेसँगको गठबन्धन प्राथमिकतामा राखेको र यो कुनै पनि हालतमा नटुट्ने उनले जिकिर गरे ।

अन्य प्रदेश सरकारभन्दा कम काम नगरेको जनाउँदै मुख्यमन्त्री भट्टले देशमा सुशासन, जनआकाङ्क्षाको सम्बोधन, भौतिक तथा सामाजिक विकासलगायत सूचकमा दोब्बर वृद्धि गरेको बताए ।

यहाँका अधिकांश जिल्ला सदरमुकाम जोड्ने सडक कालोपत्र नभएका बेला गठन भएको प्रदेश सरकारले तीन वर्षभित्रै प्रत्येक जिल्लाका पालिका जोड्ने सडक कालोपत्र गर्न सफल भएको र कतिपय यहाँका धार्मिक, पर्यटकीय क्षेत्रका सडकसमेत कालोपत्रको तयारीमा रहेको उनको जिकिर थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ९ : १५ बजे

तुइनखोलाको पहिरो हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको

प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह

काठमाडौं – गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा हराएका हातहतियार र

ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।