आरोप-प्रत्यारोप अन्त्य गर्दै पार्टी एकतामा जोड दिने नेपाल पक्षको निर्णय « Khabarhub

आरोप-प्रत्यारोप अन्त्य गर्दै पार्टी एकतामा जोड दिने नेपाल पक्षको निर्णय


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ ।

सोमबार काठमाडौँमा बसेको नेपाल पक्षको स्थायी कमिटी सदस्यको बैठकले आरोप-प्रत्यारोप अन्त्य गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

उनले मूल कुरा पार्टीको एकता नै भएको भन्दै आपसी मतभेदलाई हटाउँदै एकताका लागि गम्भीरतापूर्वक लाग्ने बताए ।

आफूहरुको गतिविधि र कामकारवाहीहरुले एकताको वातावरण भत्काउने काम नहुनेमा बैठकले जोड दिएको उनको भनाइ छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र संसदलाई पूर्णकालसम्म सञ्चालन गर्ने विषयमा पनि छलफल भएको पन्तले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ६ : ३८ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा