चोकचोकमा एन्टिजिन जाँच | Khabarhub Khabarhub

चोकचोकमा एन्टिजिन जाँच


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच गर्न थालिएको छ ।

सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजिन जाँच भइरहेको हो । बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजिनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए ।

उहाँका अनुसार बुधबार उपल्लाचौरमा २५ र सोमबार नारायणचोकमा ५० जनाको एन्टिजिन जाँच गरिएको थियो । त्यसमध्ये नारायणचोकमा गरिएको परीक्षणमा एक जनालाई कोरोना पोजेटिभ देखिए पनि बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

“एन्टिजिन परीक्षणलाई हरेक दिन निरन्तरता दिन्छौँ, बाटैमा जाँच गर्दा निषेधाज्ञामा बिनाकाम हिँडडुल गर्ने पनि निरुत्साहित हुन्छन्”, खनालले भने ।

यसअघि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले एन्टिजिन परीक्षणको दायरा बढाउने निर्णय गरेको थियो । कोरोना परीक्षण गर्न नमान्ने, हिच्किचाउनेलाई पनि सम्झाइबुझाइ गरेर परीक्षण गर्ने गरिएको छ । एन्टिजिन विधिबाट परीक्षण गर्दा तुरुन्त रिपोर्ट आउँछ ।

लक्षण भएका व्यक्तिमा मात्र एन्टिजिनले पोजेटिभ नतिजा देखाउने गरेको जनस्वास्थ्य अधिकृत खनालले बताउनुभयो । कोरोना सङ्क्रमितको छिटो पहिचान र समुदायमा महामारीको स्थिति पत्ता लगाउन एन्टिजिन विधि उपयुक्त मानिन्छ ।

जिल्लामा हालसम्म तीन हजार ४५५ को एन्टिजनबाट कोरोना जाँच गरिएको छ भने २२ हजार २८७ को पीसीआर विधिबाट परीक्षण गरिएको छ । कुल परीक्षणमध्ये सात हजार ४२१ मा कोरोना पुष्टि भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या भने ३७० मात्र छ ।

यहाँ कोरोना सङ्क्रमणका कारण ६५ जनाको ज्यान गएको छ । सङ्क्रमणको जोखिम घटाउन गत साउन २८ गतेदेखि यहाँ कडा निषेधाज्ञा छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १० : २५ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ ।

धानको समर्थन मूल्यको पर्खाइमा किसान

कैलाली– कैलालीको टीकापुर नगरपालिका–४ का बन्धुराम डगौरा खाद्य व्यवस्था तथा

छठको कार्यक्रममा सहभागी हुन नसकेको भन्दै गगनले आयोजकसँग मागे क्षमा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले औपचारिक कार्यक्रममा सहभागी

देउसी भैलोमा सङ्कलित दुईलाख रुपैयाँ सडक निर्माणमा

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामाआमा समूहले देउसीभैलो खेलेर सङ्कलन गरेको

तीनसय बढी विदेशी पर्यटकबाट कञ्चनजङ्घा हिमाल क्षेत्रको भ्रमण

ताप्लेजुङ– पछिल्लो समय ताप्लेजुङस्थित हिमाल (पिक) आरोहण गर्न सुरुवात भएको