लिबियामा युद्ध अन्त्य गर्ने प्रधानमन्त्री दबेबाको प्रतिवद्धता « Khabarhub

लिबियामा युद्ध अन्त्य गर्ने प्रधानमन्त्री दबेबाको प्रतिवद्धता


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाले देशमा अर्को युद्ध हुन नदिने बताएका छन् ।

‘हामी यस विभाजनलाई कुनै कारणले जारी राख्न दिने छैनौं । लिबियाको प्रतिनिधि सभा (संसद) को विरोधमा यहाँ विरोध प्रदर्शन गरिरहेका आफ्ना समर्थकहरूलाई दबेबाले भने, ‘अब देशमा युद्ध हुनेछैन । हामी विकास र स्थिरतालाई निरन्तरता दिनेछौं ।’

उनले यस वर्षको अन्त्यसम्ममा निष्पक्ष निर्वाचन सम्पन्न गराउन आफ्नो सरकारको उत्सुक रहेको बताए । दबेबाको राष्ट्रिय एकता सरकार (जीएनयू) लाई संयुक्त राष्ट्रसंघद्वारा समर्थन प्राप्त लिबियाली राजनीतिक वार्ता फोरम (एलपीडीएफ) द्वारा फेब्रुअरीमा छानिएको थियो । यसले देशमा वर्षौंको राजनैतिक विभाजनको अन्त्य गरेको विश्व समुदायको बुझाइ छ ।

सेप्टेम्बर ८ मा संसदले वित्तीय र प्रशासनिक उल्लङ्घनको विषयमा दबेबालाई प्रश्न गर्न एक सत्र आयोजना गरेको थियो । दबेबाले जीएनयूको बजेट लाई संसदबाट अनुमोदन नगर्ने अडान राखेका थिए ।

मंगलबार संसदले जीएनयूलाई दिएको विश्वास फिर्ता लिने घोषणा गरेको थियो तर यसलाई रेखदेख गर्ने सरकारको रूपमा दबेबाको सरकारलाई नै अख्तियार दिएको थियो ।

सरकार र आफूमाथिको विश्वास फिर्ता गर्ने संसदको कदमको दबेबाले आफ्ना समर्थकहरूलाई विरोध गर्न आह्वान गरेका थिए । लिबियामा डिसेम्बरमा आम चुनाव हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ६ : १६ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित