विश्वभर संक्रमितको दैनिक वृद्धिमा कमी, मृतक ५ हजार ८०० « Khabarhub

विश्वभर संक्रमितको दैनिक वृद्धिमा कमी, मृतक ५ हजार ८००


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख ७६ हजार ६५७ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा ५४ हजार ११४, बेलायतमा ३१ हजार ३४८, भारतमा २८ हजार १४९, टर्कीमा २६ हजार १४५ जना संक्रमित पहिचान भएको छ ।

त्यसैगरी रुसमा २२ हजार ४१, ब्राजिलमा १५ हजार ६८८ र इरानमा १० हजार ८४३ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ५ हजार ८८१ जना संक्रमितको मृत्यु भएको छ । अमेरिकामा ७६५, ब्राजिलमा ५४८, रुसमा ८२२, इरानमा २९०, टर्कीमा १९३ र बेलायतमा १२२ जना संक्रमितको मृत्यु भएको हो ।

भारतमा मृत्यु हुनेको संख्या २५८ छ । यससँग भारतमा मात्रै मृत्यु हुनेको संख्या हालसम्म ४ लाख ४६ हजार ९४८ पुगिसकेको छ ।

यही अवधिमा ३ ला ९५ हजार ८२० जना संक्रमित कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुनेमा पनि अमेरिका सबैभन्दा अगाडी छ ।जहाँ ४९ हजार ५१, भारतमा २५ हजार ९९०, ब्राजिलमा ७ हजार ५ सय, बेलायतमा २७ हजार ९९८ जना निको भएका छन् ।

यस्तै रुसमा १६ हजार,टर्कीमा १९ हजार, इरानमा २३ हजारभन्दा बढि कोरोनामुक्त भएका छन् ।

विश्वभर २३ करोड २२ लाख ४५ हजार ३२७ कोरोना संक्रमितमध्ये हालसम्म २० करोड ८८ लाख ५२ हजार ४९१ जना निको भइसकेका छन् ।

 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ६ : ३० बजे

भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए

दमौली : रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा

भोटेकोशी-त्रिशूली वितन्‍डाको समयक्रमः तिब्बतमा बाढी पसेपछि नेपालमा भूकम्प, अरु के के भयो ?

काठमाडौँ – जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा

आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ११ गते बिहीबार सन् २०२६

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी