नेपालबाट मनसुन बाहिरिन एक साता लाग्ने, आगामी तीन दिनको मौसम कस्तो हुनेछ?   « Khabarhub

नेपालबाट मनसुन बाहिरिन एक साता लाग्ने, आगामी तीन दिनको मौसम कस्तो हुनेछ?  


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ ।

यो मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने मौसमविद् मञ्जु बासीले बताइन् । अबको एक सातामा यस वर्षको मनसुन बाहिरिन सक्ने उनले जानकारी दिएकी छन् ।

यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने गरेको थियो । मौसमविद् बासीले यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर दुईमा मनसुन बाहिरिने मिति तोकिएको बताइन् ।

आगामी तीन दिनको मौसमको अवस्था 

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान एक बुलेटिन जारी गर्दै आगामी तीन दिनको मौसमको अवस्थाबारे प्रक्षेपण गरेको छ ।

जसअनुसार आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलबार पनि देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आगामी २४ घण्टामा देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरूका पहाडी  भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु अनुरोधसमेत गरेको छ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : ०१ बजे

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल