एमालेले आज महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रुप दिने « Khabarhub

एमालेले आज महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रुप दिने

दस्तावेजमाथि आएका सुझावमाथि पार्टी अध्यक्ष ओलीले प्रष्ट पार्ने


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (आइतबार) बस्दैछ ।

शुक्रबारबाट काठमाडौँमा सुरु भएको बैठकमा शनिबार पार्टीको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने तीन वटा दस्तावेज (राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्ताव)माथि समूहगत छलफल सकिएपछि आइतबार बिहान पुन: ११ बजे बैठक  बस्ने गरी सकिएको थियो ।

आजको बैठकमा दस्तावेजमाथि आएका सुझावमाथि पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रतिवेदन प्रस्तोताले प्रष्ट पार्ने बताइएको छ। त्यसपछि अध्यक्ष ओली र सुझाव पेश गर्न बनाइएका १० वटै समूहका समूह नेताबीच छलफल गरेर महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी छ ।

शनिबारको बैठकमा दश वटा टोली नेतालगायत केही स्थायी कमिटी सदस्यहरुले विभिन्न बिषयमा सुझाब राखेका थिए ।

शनिबारको बैठकमा के–के आए सुझाव

७० वर्षे उमेर हद कायम राख्ने ।

पदाधिकारी बढाउने ।

कार्यकारी पदमा दुई पटकभन्दा धेरै बस्न नपाइने ।

‘प्रादेशिक संरचनामा देश भएकाले सोही अनुसार पदाधिकारी पनि राख्नुपर्ने ।

आगामी निर्वाचनमा पहिलो पार्टी बन्न पार्टीको सम्पूर्ण ध्यान केन्द्रीत गर्नुपर्ने ।

जनताको बहुदलीय जनवाद (जबज)लाई परिमार्जनसहित अघि बढाउने ।

एमाले एकताको प्रतीक भएकोले विभाजनलाई एकतामा जोड्ने ।

 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : २५ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा