झापामा जङ्गली हात्तीको आतङ्क, किसान भन्छन्,‘खै कसरी अन्नबाली जोगाउनु’ « Khabarhub

झापामा जङ्गली हात्तीको आतङ्क, किसान भन्छन्,‘खै कसरी अन्नबाली जोगाउनु’


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – मेचीनगर नगरपालिका-१ का लालबहादुर मोक्तान फूल खेल्न थालेको धानबाली हेरेर मख्ख थिए । शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्किएका उनले वर्ष दिन खान पुग्ने धान फल्ने अनुमान गरे। उनको खुसी भारतीय जङ्गली हात्तीले एक दिन पनि टिक्न दिएन ।

शुक्रबार राति १० कठ्ठा जमिनको धान हात्तीले खाएर र माडेर सखाप पारिदियो । उनले निरास हुँदै भने, ‘पाक्न लागेको बाली सखाप पारिदियो, अब के खाएर बाँच्नु ।’ उनी मात्र होइन दैनिक भारतबाट हुल बाँधेर आउने हात्तीको उपद्रो बढ्न थालेपछि बाहुनडाँगीवासी चिन्तित छन् ।

उनकै छिमेकी रमेश भुजेलको १० कठ्ठा, नन्द अधिकारीको पाँच कठ्ठा, कैलाश भण्डारीको पाँच कठ्ठा गरी डेढ बिघा जमिनको धान एकै रातमा हात्तीले खाइदिएको छ । मेची नदीमा लगाइएको विद्युतीय तारबार भत्काएर भारतीय जङ्गली हात्तीले बस्ती पसेर दैनिकजसो उपद्रो मच्चाउन थालेका छन् ।

हात्ती छेक्न विसं २०७२ मा विश्व बैंकको सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोषले मेची नदी किनारमा १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार लगाएको थियो । सोही तारवारका कारण आठ वर्षसम्म ढुक्कले निदाएका बाहुनडाँगीवासी हात्ती गाउँ पस्न थालेपछि रातभर जाग्राम बस्न थालेको स्थानीयवासी शङ्कर लुइँटेलले बताए। ‘ज्यान जोगाउनै मुस्किल छ’, उनले भने, ‘खै कसरी पाक्न लागेको अन्नबाली जोगाउनु अब ।’

विद्युतीय तारबारको उचित मर्मतसम्भार नुहँदा दैनिकजसो भारतीय जङ्गली हात्तीले भत्काएर नेपाल प्रवेश गर्न थालेका छन् । प्रवेश गर्ने हात्तीले मेचीनगर–१, २, ३ र ४ मा बढी दुःख दिइरहेको उनको भनाइ छ । जिल्लाका बुद्धशान्ति गाउँपालिका, भद्रपुर, कनकाई र दमक नगरपालिकामा पनि हात्तीले दुःख दिइरहेको छ । अन्नबालीमा खाइदिए वा घर भत्काएमा डिभिजन वन कार्यालयले रु १० हजार क्षतिपूर्ति दिँदै आएको छ । रकम पाउनका लागि लामो समय कुर्नुपर्ने र पटकपटक कार्यालय धाउनुपर्ने झन्झटिलो प्रक्रियाबाट दिक्क भएका हात्तीपीडितले निवेदन नै दिन छोडेको मेचीनगर–३ का स्थानीय राजीव माझीले बताए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : २८ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा