भक्तपुरमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन | Khabarhub Khabarhub

भक्तपुरमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालिक संस्थागत तथा सरकारी विद्यालयमा आजदेखि सुरु परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

नगरपालिकाको शैक्षिक क्यालेण्डरअनुसार परीक्षा आजदेखि हुने भएकाले विद्यालयलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७’ अनुसार नगरभित्रका सबै शैक्षिक संस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न दिने निर्णय गरिएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

कोभिड–१९ को सङ्क्रमणका कारण उत्पन्न परिस्थितिमा शैक्षिक संस्था सञ्चालन गर्दा कक्षाकोठाको क्षमताका आधारमा भौतिक दूरी कायम हुनेगरी विद्यार्थीको बसाइ व्यवस्थापन गर्ने, विद्यालयमा विद्यार्थीको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालकलगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने र खोप लगाउन बाँकी भए नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउने व्यवस्था गर्नुपर्ने निर्देशनसहित नगरपालिकाले विद्यालयमा परिपत्र गरेको छ ।

विद्यालय सञ्चालनपूर्व विद्यालय परिसर र कक्षाकोठाको पूर्ण सरसफाइ तथा निर्मलीकरणको सुनिश्चितता गर्ने, विद्यालयको भौतिक अवस्था, विद्यार्थी सङ्ख्या र उपलब्ध जनशक्तिका आधारमा एकै सिफ्ट वा फरकफरक सिफ्टमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने र विद्यालयको गेटमा र कक्षा कोठा बाहिर सेनिटाइजर वा साबुन पानीको प्रबन्ध गरी बेलाबेलामा हात सेनिटाइज गर्ने वा धुने व्यवस्था मिलाउने, विद्यालयको प्रवेशद्वार, कक्षाकोठा र शौचालयको प्रयोग गर्दा विद्यार्थी लाइनमा पालैपालो दूरी कायम गरी निस्कने तथा पस्ने प्रबन्ध मिलाउने र सबै जनाले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

नगरपालिकाको टोलीले यसको अनुगमनसमेत गर्ने भएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १२ : ०५ बजे

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका

घरायसी विवादमा २४ वर्षीया श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सा – पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी

मनसुन अझै केही दिन सक्रिय रहन्छ : मौसमविद् महर्जन

काठमाडौं – लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

हानोई – भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा आएको लगातार वर्षाका कारण