शरीरको मेटाबोलिजम बढाउन उपयोगी अण्डा « Khabarhub

शरीरको मेटाबोलिजम बढाउन उपयोगी अण्डा


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरैले गर्मी मौसममा अण्डा खान नहुने ठान्दछन् । तर यसको सेवन जुनै मौसममा पनि उपयुक्त हुने स्वास्थ्यविद् बताउँछन् ।

अण्डा खाँदा शरीरमा अनगिन्ती लाभ हुन्छ । अण्डामा हुने प्रोटिनले लामो समयसम्म मानिसलाई तृप्त राख्दछ । धेरैलाई थाहा नहुनसक्छ, उसिनेको अण्डा खाएर पनि केही हदसम्म तौल कम गर्न सकिन्छ । तर कसरी ? अण्डामा के हुन्छ जसले तौल घटाउँछ ?

१. अण्डा प्रोटिनको उत्कृष्ट स्रोत हो । एउटा अण्डामा लगभग ६ ग्राम प्रोटिन हुन्छ जसले दैनिक आवश्यक पर्ने प्रोटिनको १२ प्रतिशत पूरा गर्ने गर्दछ । यदि तौल कम गर्न चाहनुहुन्छ भने अण्डा राम्रो विकल्प हो ।

२. अण्डामा सबै आवश्यक पोषक तत्व हुन्छ । एउटा उमालेको अण्डामा केवल ७० क्यालोरी हुन्छ । यदि दैनिक २ वटा अण्डा खादाँ केवल २ सय क्यालोरी मात्र सेवन गरिएको हुन्छ । क्यालोरी कम खानु पनि तौल कम गर्ने सबैभन्दा पहिलो कदम हो ।

३. अण्डामा प्रोटिनका साथै फाइबर र पानी हुन्छ । जसले धेरै बेरसम्म पेट टम्म बनाइराख्छ र भोक लागेको अनुभूती हुदैँन । यसले अन्य खानेकुराको तुलनामा ५० प्रतिशत बढि टन्न बनाउँछ । पेट टन्न भयो भने जे पायो त्यही खानेकुरा खानबाट बचिन्छ र तौल घट्छ ।

४. अण्डाले मेटाबोलिजम बढाउँछ । तौल घटाउनकालागि क्यालोरी बर्न गर्नकालागि मेटाबोलिजमको दर वा शरीरको क्षमता अत्यधिक हुनुपर्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १२ : २३ बजे

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

रेनु दाहालद्वारा चितवन–३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– चितवन क्षेत्र नम्बर ३ मा नेकपाका उम्मेदवार रेनु दाहालले