विराटनगरमाथि चितवनको रोमाञ्चक जित « Khabarhub

विराटनगरमाथि चितवनको रोमाञ्चक जित


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को सोमबार भएको पहिलो खेलमा चितवन टाइगर्सले जित हात पारेको छ । जारी प्रतियोगितामा विजयी सुरुआत गर्ने क्रममा चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिला ब्याटिङ गर्दै विराटनगरले ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको चितवनले अन्तिम बलमा चौका प्रहार गर्दै ८ विकेटको क्षतिमा जित हात पार्‍यो ।

चितवनको जितमा राजेश पुलामीले नटआउट ४३ रनको योगदान दिए । यस्तै भीम सार्कीले ३० रन बनाए भने दीलिप नाथले २३ रनको योगदान दिएका थिए । ओपनर इशान पाण्डे १० र मोहम्मद शहजाद १ रनमा आउट भएपछि राजेशले इनिङ्ग्स सम्हालेका थिए ।

विराटनगरका लागि कप्तान करण केसी र सिकन्दर राजाले २–२ विकेट लिए ।

यसअघि खराब ब्याटिङ गरेको विराटनगरलाई सिकन्दर राजाले ६७ रन बनाउँदै चुनौतीपूर्ण स्कोरसम्म पुर्‍याएका थिए । विराटनगरका ३ ब्याटर शून्यमा आउट हुँदा ३ जनालेमात्र दोहोरो अंकमा रन बनाएका थिए ।

चितवनका लागि कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जन्नत र सागर ढकालले २–२ विकेट लिएका थिए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १ : १५ बजे

दिल्ली उडे प्रधानमन्त्री बालेन (फोटो फिचर)

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने औपचारिक राजकीय भ्रमणका लागि

आमाको माया र छोराको संघर्षको कथा बोकेको ‘सारथि’को ट्रेलर सार्वजनिक

काठमाडौं– आमाले छोराका लागि कति संघर्ष गर्न सक्छिन् ? जीवनका

भारत भ्रमणअघि बालेनलाई रविले के सुझाव दिए ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

यस्तो छ प्रधानमन्त्री बालेन बस्ने ताज होटल (तस्बिरहरु)

नयाँ दिल्ली – प्रधानमन्त्री वालेन्द्र शाह बालेन आज आइतबार अपराह्न दुई

प्रधानमन्त्री वालेन्द्र शाह भारत प्रस्थान

काठमाडौँ – प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ