सत्ता गठबन्धनको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे छलफल « Khabarhub

सत्ता गठबन्धनको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे छलफल


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठन्धनका शीर्ष नेताहरूबीच राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा आइतबार बिहान भएको छलफलका क्रममा अध्यादेश फिर्ता लिने बिषयमा छलफल भएको एक नेताले जानकारी दिए ।

अध्यादेशका बारेमा टुङ्गो नलगाएसम्म मन्त्रिपरिषद् बिस्तार हुने नदेखिएपछि गठबन्धनदलहरुले यसलाई फिर्ता लिने बिषयमा छलफल गरेका हुन् ।

बैठकमा मन्त्रिपरिषद् विस्तारमा ढिला भएको र एकदुई दिनभित्रैमा टुङ्गोमा पुग्ने गरी तयारी गर्ने सहमति भएको छ । बैठकमा संसदको गतिरोध र पछिल्लो घटनाक्रममा पनि छलफल भएको थियो । सरकार गठन भएको लामो समयबित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारको आलोचना भइरहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  २ : २४ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको