चार गाउँपालिकामा कांग्रेस पदाधिकारी सर्वसम्मत | Khabarhub Khabarhub

चार गाउँपालिकामा कांग्रेस पदाधिकारी सर्वसम्मत


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा–बागलुङका दशमध्ये चार स्थानीय तहमा भएको अधिवेशनले सबै पदाधिकारीलाई सर्वसम्मत चयन गरेको छ । शनिबार सुरुभएको अधिवेशनमा आइतबार बिहानसम्म निसीखोला, तमानखोला, ताराखोला र काठेखोला गाउँपालिकामा सर्वसम्मत पदाधिकारी निर्वाचित भएको जिल्ला कोषध्यक्ष उमेश गौतमले जानकारी दिए ।

बरेङ र बडिगाड गाउँपालिका तथा बागलुङ, गलकोट र ढोरपाटन नगरपालिकामा आइतबार बिहान निर्वाचनका कार्यक्रम सुरु भए पनि सर्वसम्मत नेतृत्वका लागि पहल भइरहेको निर्वाचन समितिले जनाएको छ । शनिबार भएको अधिवेशनमा निसीखोला गाउँपालिकाको पार्टी सभापतिमा–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत प्रेमबहादुर रोकाका अनुसार उपाध्यक्षमा लीलबहादुर कुँवर र धनबहादुर रोका, सचिवमा राजमान बुढा र धनबहादुर खत्री, सहसचिवमा मिलन कार्की र शेरबहादुर विक निर्वाचित भएका छन् । मानखोलाको सभापतिमा लीलाकुमार छन्त्याल उपसभापतिमा खिमबहादुर छन्त्याल र गोर्खबहादुर घर्ती, सचिवमा तेजेन्द्रकुमार पुन र अनिस सिर्पाली तथा सहसचिवमा लीला छन्त्याल र प्रेमबहादुर पुनमगर चयन भएकोे निर्वाचन अधिकृत बसन्त घर्ती मगरले जानकारी दिए ।

यसैगरी ताराखोला गाउँपालिकाको पार्टी सभापतिमा कमलापति पाठक, उपसभापतिमा आशिकला घर्ती मगर र श्यामभक्त कँडेल, सचिवमा खेमराज गैरे र नवराज सुवेदी, सहसचिवमा प्रेमलाल नाइसा र कमलापति सापकोटा निर्वाचित भएका छन् ।

काठेखोला गाउँपालिकाको पार्टी सभापतिमा यामदत्त कँडेल, उपसभापतिमा गौरीशङ्कर शर्मा र खडकबहादुर कार्की, सचिवमा देवेन्द्र खड्का र चन्द्रकुमार पुन, सहसचिवमा महेन्द्र पुन र हरिकला थापालगायत सबै पदाधिकारी सर्वसम्मत चयन भएका निर्वाचन समितिले जनाएको छ । रासस

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ३ : १२ बजे

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका

घरायसी विवादमा २४ वर्षीया श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सा – पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी

मनसुन अझै केही दिन सक्रिय रहन्छ : मौसमविद् महर्जन

काठमाडौं – लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

हानोई – भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा आएको लगातार वर्षाका कारण