क्षतिग्रस्त राजमार्ग मर्मत गर्न संसदीय समितिको निर्देशन | Khabarhub Khabarhub

क्षतिग्रस्त राजमार्ग मर्मत गर्न संसदीय समितिको निर्देशन


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मुलुकका बिभिन्न राजमार्गहरुमा सहज रुपमा सवारीसाधान सञ्चालन व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले दशैं तिहार लगायतका चाडपर्व नजिकिँदै गएको अवस्थामा बाढी र पहिरोबाट क्षतिग्रस्त भएका राजमार्गहरुको आवश्यक मर्मत र निर्माण गरी सहज रुपमा सवारीसाधान सञ्चालन व्यवस्था मिलाउन गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले कोरोना संक्रमणलाई मध्यनजर गर्दै अनलाइन प्रणालीबाट टिकट खरिद गर्ने व्यवस्थालाई प्रोत्साहनसहित लागू गर्न निर्देशन दिएको छ । दशैँअघि र पछि गरी कम्तीमा ७ दिन रुट परमिट लागु नगर्न र क्षमताभन्दा बढी यात्रु राखे–नराखेको प्रभावकारी अनुगमन गर्न पनि निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

बैठकले ५० करोड रुपैयाँभन्दा बढी लागत पर्ने आयोजनाहरूलाई मात्र बहुबर्षीय आयोजना मान्ने गरी बनाइएको मापदण्ड समयानुकल नभएको भन्दै आवश्यक पुनरावलोकन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको सभापति खड्काले बताइन् ।

बैठकमा सांसदहरुले दशैं तिहार लगायतका चाडपर्वमा यात्रुहरुले बेहोर्नुपरेको सास्तीलाई हटाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद गणेशकुमार पहाडीले यात्रुले सहज ढंगले टिकट खरिद गर्ने र आवश्यक परे अनलाईनमार्फत नै टिकटको व्यवस्था गर्नुपर्ने बताए । उनले सडकहरुको निर्माण समयमा नै नभएको भन्दै यसले पार्ने असरमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे ।

सांसद यज्ञराज सुनुवारले लामो समय नचलेका सवारी साधानहरु चाडवाडमा चल्ने भएकाले सवारीसाधनको अवस्थाका बारेमा पनि अध्ययन गर्नुपर्ने बताए ।

त्यस्तै सांसदहरुले छोटो दुरीमा पनि सवारीसाधानको चेकजाँचको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ४ : ४५ बजे

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका

घरायसी विवादमा २४ वर्षीया श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सा – पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी

मनसुन अझै केही दिन सक्रिय रहन्छ : मौसमविद् महर्जन

काठमाडौं – लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

हानोई – भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा आएको लगातार वर्षाका कारण