नेकपा एकीकृत समाजवादी बलियो रहेका पालिकामा रोकियो एमाले अधिवेशन « Khabarhub

नेकपा एकीकृत समाजवादी बलियो रहेका पालिकामा रोकियो एमाले अधिवेशन


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– पार्टी विभाजनपछि एमाले कमजोर बनेका पालिकामा अधिवेशन रोकिएको छ ।

एमालेले बाढीपहिरो प्रभावितबाहेकका सबै पालिकामा आज अधिवेशन हुने बताए पनि मोरङका पाँच वटा पालिकामा तत्कालका लागि अधिवेशन रोकिएको हो।

उर्लाबारी, लेटाङ, सुनवर्षी नगरपालिका तथा धनपालथान र जहदा गाउँपालिकामा आज अधिवेशन हुने छैन । लेटाङ र उर्लाबारीमा नेकपा एकीकृत समाजवादीको पकड छ । अन्य पालिकामासमेत एकीकृत समाजवादीसामु एमाले कमजोर छ ।

एमाले कमजोर रहेका पालिकामा पार्टी प्रवेश गराएर मात्र अधिवेशन गर्ने तयारीमा एमाले मोरङको छ । एमाले मोरङका अध्यक्ष ऋसिकेश पोख्रेलले तयारी नसकिएकोले अधिवेशन केही समय पछाडि सारिएको दाबी गरे ।

उर्लाबारी र लेटाङमा १२ कात्तिकका लागि अधिवेशन तय भएको छ । अन्य पालिकामा मिति तय भइसकेको छैन । मोरङमा आज १२ पालिकामा मात्रै एमालेको अधिवेशन हुँदैछ ।

अधिवेशनमा हुने पालिकामा विराटनगर, र‌ंगेली, रतुवामाई, कानेपोखरी, पथरी शनिश्चरे, मिक्लाजुङ, बेलबारी, सुन्दरहरैचा, केराबारी, ग्रामथान र बुढीगंगा छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ९ : ०६ बजे

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।

चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

म्याग्दी– चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा