नेकपा एकीकृत समाजवादी बलियो रहेका पालिकामा रोकियो एमाले अधिवेशन « Khabarhub

नेकपा एकीकृत समाजवादी बलियो रहेका पालिकामा रोकियो एमाले अधिवेशन


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– पार्टी विभाजनपछि एमाले कमजोर बनेका पालिकामा अधिवेशन रोकिएको छ ।

एमालेले बाढीपहिरो प्रभावितबाहेकका सबै पालिकामा आज अधिवेशन हुने बताए पनि मोरङका पाँच वटा पालिकामा तत्कालका लागि अधिवेशन रोकिएको हो।

उर्लाबारी, लेटाङ, सुनवर्षी नगरपालिका तथा धनपालथान र जहदा गाउँपालिकामा आज अधिवेशन हुने छैन । लेटाङ र उर्लाबारीमा नेकपा एकीकृत समाजवादीको पकड छ । अन्य पालिकामासमेत एकीकृत समाजवादीसामु एमाले कमजोर छ ।

एमाले कमजोर रहेका पालिकामा पार्टी प्रवेश गराएर मात्र अधिवेशन गर्ने तयारीमा एमाले मोरङको छ । एमाले मोरङका अध्यक्ष ऋसिकेश पोख्रेलले तयारी नसकिएकोले अधिवेशन केही समय पछाडि सारिएको दाबी गरे ।

उर्लाबारी र लेटाङमा १२ कात्तिकका लागि अधिवेशन तय भएको छ । अन्य पालिकामा मिति तय भइसकेको छैन । मोरङमा आज १२ पालिकामा मात्रै एमालेको अधिवेशन हुँदैछ ।

अधिवेशनमा हुने पालिकामा विराटनगर, र‌ंगेली, रतुवामाई, कानेपोखरी, पथरी शनिश्चरे, मिक्लाजुङ, बेलबारी, सुन्दरहरैचा, केराबारी, ग्रामथान र बुढीगंगा छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ९ : ०६ बजे

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

काठमाडौं– सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी

उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसले आज जनकपुरमा प्रतिज्ञा सभा गर्दै, चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने

काठमाडौं– नेपाली कांग्रेसले आज जनकपुरमा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको