‘एक घर, एक धारा’ अभियान सञ्चालन गर्दै सिरिजङ्घा « Khabarhub

‘एक घर, एक धारा’ अभियान सञ्चालन गर्दै सिरिजङ्घा


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा ‘एक घर, एक धारा’ अभियान सञ्चालन हुने भएको छ । जिल्लाको दुर्गम गाउँ र वडाका रूपमा रहेको मामाङ्खेमा गाउँपालिकाको योजनाअनुसार ‘एक घर, एक धारा’ अभियान सञ्चालन हुने भएको हो ।

सिरिजङ्घा गाउँपालिकाले रु एक करोड २६ लाख बजेट लगानी गरेर मामाङ्खेमा एक घर एक धारा अभियान कार्यान्वयन गर्ने भएको छ । वडाको केही टोलमा उक्त अभियानअन्तर्गत खानेपानी सञ्चालनमा आइसकेको र बाँकी रहेको सुदाप तथा मिक्लादेन टोलमा प्रत्येक घरधुरीमा धारा जडान गर्ने गरी योजना अघि बढाएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार ‘एक घर, एक धारा’ अभियान कार्यान्वयन गर्नका लागि रु एक करोड २६ लाख बराबरको बजेट लागत अनुमान गरिएको छ । सोही लागत अनुमानअनुसार योजना सञ्चालनका लागि ठेक्का आह्वानको प्रक्रिया अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।

सो खानेपानी योजनामा वडाको बजेट सिलिङबाट रु १५ लाख विनियोजन भएको र बाँकी रकम गाउँपालिकाले व्योहोर्ने गरी प्रक्रिया अघि बढाइएको उनले बताए ।

हालसम्म सडकको पहुँच नपुगेका मामाङ्खेलाई जिल्लाकै दुर्गम गाउँका रूपमा लिने गरिन्छ । ९५ प्रतिशत बढी लिम्बू समुदायको बसोबास रहेको मामाङ्खेमा हालसम्म खानेपानीको दिगो योजना सञ्चालन नभएका कारण स्थानीयवासीले समस्या खेप्दै आएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ११ : १५ बजे

विश्वकपमा दीपेन्द्रको सम्झनायोग्य ब्याटिङ : दुई अर्धशतकसहित सर्वाधिक १६९ रन

काठमाडौं – आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा

निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

काठमाडौं – निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा

काठमाडौं – शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन ६ गते बुधबार फागुन