क्यान्सरमुक्त भए महेश | Khabarhub Khabarhub

क्यान्सरमुक्त भए महेश


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– प्रख्यात अभिनेता एवं फिल्म निर्माता महेश माञ्जरेकर क्यान्सरमुक्त भएका छन् । केही समयअघि क्यान्सरबाट पीडित महेश दुई महिनापछि क्यान्सरमुक्त भएका हुन् ।

दुई महिना अघि उनको सर्जरी गरिएको थियो । यो सर्जरी मुम्बईको एचएन रिलायन्स फाउण्डेसन अस्पतालमा गरिएको थियो । सर्जरीपछि उनी केही समय अस्पतालमा नै बसेका थिए ।

‘मैले ३५ किलो तौल कम गरेको छु । फिल्म ‘अन्तिम’को समयमा म क्यान्सर पीडित रहेको थाहा पाएँ । मैले फिल्मको अन्तिम भागको सुटिङ त्यो बेला गरें, जुन बेला मलाई क्यान्सर थियो र मेरो किमोथेरापी चलिरहेको थियो । तर म आज तपाईंहरुलाई यो कुरा सुनाउन पाउँदा हर्षित छु कि म क्यान्सरमुक्त भएँ’, महेशले फिल्म ‘अन्तिम’को ट्रेलर रिलिज कार्यक्रममा भने ।

उनले आफूलाई क्यान्सरको बारेमा थाहा पाउँदा डर नलागेको खुलाए । ‘धेरै मानिसहरु जसलाई क्यान्सर भएको छ, उनीहरु लड्छन र जिन्दगी जिउछन् । त्यसकारण यसले मलाई ठूलो समस्या दिएन । मेरो टिमले मेरो स्याहार गरिरहेको थियो । त्यसकारण मलाई कुनै समस्या आएन’, उनले भनेका छन् ।

महेशले सन् १९९२ मा रिलिज मराठी फिल्म ‘जीवा सखा’बाट आफ्नो करियर सुरु गरेका थिए । उनले मराठीका अलावा कैयौं हिन्दी फिल्ममा काम गरेका छन् । उनी ‘प्लान’, ‘जिन्दा’, ‘मुसाफिर’, ‘काँटे’, ‘दस कहानियाँ’, ‘वान्टेड’, ‘रेडी’ र ‘दबंग’ जस्ता फिल्ममा अभिनय गरिसकेका छन् ।

उनले ‘आई’, ‘वास्तव’, ‘निदान’ र ‘विरुद्ध’ जस्ता फिल्मको निर्देशन पनि गरिसकेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  २ : २८ बजे

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र

श्रमदानबाट सडक मर्मत

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका

सम्पर्कमा आउन थाले कञ्चनपुरबाट भागेका कैदीबन्दी

कञ्चनपुर– जेनजी प्रदर्शनका क्रममा मंगलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

अमेरिका– नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले