जाजरकोटका २५ वडामा अधिवेशन सकियो, ५१ मा बाँकी « Khabarhub

जाजरकोटका २५ वडामा अधिवेशन सकियो, ५१ मा बाँकी


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- नेकपा एमाले जाजरकोटले दुई पालिकासहित २५ वडामा अधिवेशन सम्पन्न गरेको छ ।

पार्टी सदस्यता नवीकरणको काम नटुंगेका कारण बाँकी वडामा ढिला भएको नेता निरज आचार्यले बताए ।

उनका अनुसार बारेकोट गाउँपालिकाका नौ वडा, नलगाड नगरपालिकाका १३ वडा र भेरी नगरपालिका ८, ११, ४ र ३ नम्बर वडामा मात्र अधिवेशन भएका छन् ।

भेरीकै १, २, ५, ६, ७, ८, ९, १०, १२, नम्बर वडामा भने अधिवेशन हुन सकेन । भेरीमा नेकपा (एकीकृत समाजबादी) बलियो भनिएका ठाउँमा मात्र अगाडी वडा अधिवेशन सम्पन्न गरिएको छ । अन्य वडामा मंगलबार र बुधबार अधिवेशन गर्ने तयारी छ । सबैभन्दा बढी फुटको प्रभाव रहेका वडा भेरी नै हो ।

यस्तै कुशे गाउँपालिकाभित्रका नौ वडा, छेडागाड नगरपालिकाका १३ वडा, शिवालय गाउँपालिकाका नौ वडा, जुनीचाँदे गाउँपालिकाका ११ वडा  र छेगाडाड नगरपालिका १३ वटा वडमा अधिवेशन हुन बाँकी रहेको नेता डम्बरबहादुर सिंहले बताए ।

नलगाड नगरपालिका र बारेकोट पालिका स्तरीय अधिवेशन आज गर्न लागेको नेता सिंहले बताए । जाजरकोटमा सात पालिकामा ७७ वडा छन् । ७७ मा २६ वडामा मात्र आज अधिवेशन भएको छ । सदस्यताको समस्या समाधान नभएसम्म सबै ठाउँमा अधिवेशन सम्पन्न नभएको नेता सिंहले जानकारी दिए ।

नेकपा एमाले डोल्पाका नेता लंकबहादुर रोकायका अनुसार डोल्पोबुद्ध गाउँपालिका बाहेक अन्य सबै पालिकामा वडाअधिवेशन सकिएको छ । आज मुड्केभचुला गाउँपालिकामा गाउँकमिटि गठन हुँदै गरेको उनले बताए । डोल्पामा आठ स्थानीय तह रहेका छन् ।

ठुलीभेरीका ११, त्रिपुरासुन्दरीका ११, शे–फोक्सुण्डो नौ, जगदुल्ला ६, मुड्केचुला नौ, काइकेमा सात र छाकाताङसुङ ६ वडामा अधिवेशन भइसकेको उनले बताए । डोल्पोबुद्ध गाउँपालिकाका ६ वडामा हुन सकेको छैन । पार्टी सदस्यताको समस्या समाधान नभएकाले त्यहाँ अधिवेशन हुन नसकेको हो ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ४ : १० बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको