मेयर कप भेट्रान्स फुटबल : फर्पिङको जितमा निरोजको चार गोल « Khabarhub

मेयर कप भेट्रान्स फुटबल : फर्पिङको जितमा निरोजको चार गोल


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- झापा भेट्रान्स फुटबल क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विजय युथ हेटौडालाई ५-१ गोल अन्तरले हराउँदै झापाले सुखद सुरुआत गरेको हो । झापाको जितमा नरेन्द्रमणि लिम्बूले चार गोल गरे । यस्तै श्यामकुमार गोले एक गोल गरे । हेटौडाका कृष्ण शाक्यले एक गोल फर्काए ।

हेटौडाको यो पहिलो हार हो । पहिलो खेलमा हेटौडाले काभ्रे भेट्रान्सलाई हराएको थियो । यस जितसँगै समूह ई मा झापाले ३ अंक जोडेको छ । हेटौडाको दुई खेलमा ३ अंक छ ।

प्रतियोगिताअन्तर्गत आजै भएको खेलमा साइनिङ सन फुटबल एकेडेमीले ललितपुर वार्ड नम्बर १४ लाई २-० ले हराएको छ । लिगकप नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गर्नेछन् । २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउने छन् ।

एउटा टिममा २० खेलाडी हुनेछन् । जसमा ३५ देखि ४० वर्ष उमेरसम्मका तीन खेलाडी हुनेछन् । बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनुपर्नेछ। खेलको समय अवधि ६० मिनेट । खेलमा सात खेलाडी परिवर्तन गर्न पाइनेछ ।

प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ४ : ५९ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै