शुक्रबारदेखि ललितपुरमा गोदावरी मेला « Khabarhub

शुक्रबारदेखि ललितपुरमा गोदावरी मेला


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी शुक्रबारदेखि ललितपुरको जावलाखेल मैदानमा १४ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी मेला हुने भएको छ । मेला चारदिनसम्म चल्नेछ ।

विशेषगरी गोदावरी फूलको विस्तार तथा प्रवर्द्धन गर्ने उद्धेश्यले वर्षेनि मेला सञ्चालन गरिँदै आएको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।
साथै यस वर्षको नारा ‘रोपेर फूल गोदावरी, सजाऔ घर आगनभरी’ रहेको छ ।

मेलामा व्यवसायिक स्टल ४४ र सूचनामुलक ४ गरी जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहने मेला संयोजक सिताराम पन्तले बताए ।

मेलामा पुराना तथा नयाँ प्रजातीका फूल विरुवा समेत प्रदर्शनी तथा बिक्री वितरण हुनेछन् ।

मेलामा सहभागी नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ प्रतिस्पर्धा गराई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिने व्यवस्था छ ।

मेलामा ३५ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै ५० लाखको व्यवसायिक कारोबार हुने फ्यानको अपेक्षा छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ४ : ३४ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध