एमाले पालिका अधिवेशन : दाङका पाँच पालिकामा सर्वसम्मत « Khabarhub

एमाले पालिका अधिवेशन : दाङका पाँच पालिकामा सर्वसम्मत


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– नेकपा एमालेले दाङका पाँचवटा पालिकामा मात्र नेतृत्व टुंगो लगाएको छ । १० वटा स्थानीय तहमध्ये पाँच पालिकामा सर्वसम्मतबाट नयाँ नेतृत्व छनोट गरेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिए । उनले बाँकी पाँच पालिकामा पनि सर्वसम्मतको प्रयास भए पनि अहिलेसम्म सर्वसम्मत हुन नसकेको बताए ।

उनका अनुसार अहिलेसम्म घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका, शान्तिनगर गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा नयाँ नेतृत्व टुंगो लागेको छ । गढवा गाउँपालिकामा बाबुराम अधिकारीको अध्यक्षतामा ५३ सदस्यीय गाउँपालिका कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा मदा न्यौपाने, सचिवमा शिवराज पन्थी, उपसचिवमा केशरी गिरी र मानबहादुर वली चयन भएका छन् ।

त्यसैगरी राजपुर गाउँपालिकामा हेमकुमार जीसीको अध्यक्षतामा ४१ सदस्यीय कमिटी बनेको छ । उपाध्यक्षमा गोविन्द नेपाली, सचिवमा मन्साराम यादव, उपसचिवमा सिमाली झाँक्री र लोकबहादुुर खड्का चयन भएका छन् । बंगलाचुलीमा पुष्पराज भण्डारीको अध्यक्षतामा ४७ सदस्यीय कमिटी बनेको छ । उपाध्यक्षमा भीमबहादुर खत्री, सचिवमा भोजराज पन्त र उपसचिवमा धनबहादुर खड्का चयन भएका छन् ।

यसैगरी घोराही उपमहानगरपालिकामा भुवन चौधरी अध्यक्षमा निर्वाचित भएका छन् । घोराहीमा चौधरीको अध्यक्षतामा ७९ सदस्यीय नयाँ कमिटी गठन भएको हो । नवगठित कमिटीको उपाध्यक्षमा तारा पुरी, सचिवमा इन्द्र बुढाथोकी, उपसचिमा काशी खनाल र कुलबहादुर गोतामे चयन भएका छन् ।

यस्तै, नेकपा एमाले शान्तिनगर गाउँपालिकाको अध्यक्षमा धनबहादुर केसी, उपाध्यक्षमा थम्मन कनौ, सचिवमा टीकाराम रिजाल, उपसचिवमा राकेश बुढाथोकी र शान्ति कँडेल चयन भएका छन् । शान्तिनगरमा ४३ सदस्यीय कमिटी बनेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ९ : १० बजे

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।

चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

म्याग्दी– चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा