कानून व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री देउवा « Khabarhub

कानून व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री देउवा


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेर आन्दोलन गरिरहेका कानून व्यवसायीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले आज छलफल गर्दैछन् ।

नेपाल बार एसोसिएसनले आन्दोलन थालेको एक महिनापछि प्रधानमन्त्रीले कानून व्यवसायीलाई आज बिहान साढे १० बजे बालुवाटार बोलाएका हुन् । छलफलका लागि बार पदाधिकारी र बार सल्लाहाकार परिषदका सदस्यहरुसहितको टोली बालुवाटार जादैछ ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले यसैअवसरमा कांग्रेस संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री देउवालाई ज्ञापनपत्रसमेत बुझाउने बताए ।

यसअघि प्रमुख सचेत र सचेतकसमेतसँग समय नभएपछि बारले ज्ञापनपत्र बुझाउन पाएको थिएन । बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दल, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाइसकेको छ ।

एक महिनादेखि आन्दोलनरत बार र वृहत नागरिक आन्दोलनले हिजो बिहीबार मात्रै सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ७ : २५ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा