कानून व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री देउवा | Khabarhub Khabarhub

कानून व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री देउवा


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेर आन्दोलन गरिरहेका कानून व्यवसायीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले आज छलफल गर्दैछन् ।

नेपाल बार एसोसिएसनले आन्दोलन थालेको एक महिनापछि प्रधानमन्त्रीले कानून व्यवसायीलाई आज बिहान साढे १० बजे बालुवाटार बोलाएका हुन् । छलफलका लागि बार पदाधिकारी र बार सल्लाहाकार परिषदका सदस्यहरुसहितको टोली बालुवाटार जादैछ ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले यसैअवसरमा कांग्रेस संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री देउवालाई ज्ञापनपत्रसमेत बुझाउने बताए ।

यसअघि प्रमुख सचेत र सचेतकसमेतसँग समय नभएपछि बारले ज्ञापनपत्र बुझाउन पाएको थिएन । बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दल, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाइसकेको छ ।

एक महिनादेखि आन्दोलनरत बार र वृहत नागरिक आन्दोलनले हिजो बिहीबार मात्रै सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ७ : २५ बजे

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ