ए डिभिजन लिग : थ्रीस्टारको पहिलो हार « Khabarhub

ए डिभिजन लिग : थ्रीस्टारको पहिलो हार


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहीद स्मारक ए डिभिजन लिगको जारी सिजन थ्रीस्टारले पहिलो हार ब्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशमालामा शुक्रबार भएको खेलमा थ्रीस्टार अर्को ललितपुरे क्लब सातदोबाटो युथ क्लबसँग १–० ले पराजित भएको हो ।

लिगको पहिलो खेलमा फ्रेण्डस् क्लबसँग अंक बाढेको सातदोबाटोको यो पहिलो जित हो । शुक्रबारको खेलपछि सातदोबाटो ४ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोको जितमा सुदीप गुरुङले २९औँ मिनेटमा निर्णायक गोल गरेका थिए । मार्टिन्स अजयीको पासमा सुदीपले डिबक्स नजिकबाट बललाई पोष्टको दिशा दिएका हुन् ।

दोस्रो हाफमा केही आक्रामक बनेको थ्रीस्टारले अवसर बुनेपनि गोलमा परिणत गर्न नसक्दा हार भोग्न बाध्य भयो । सातदोबाटोले पनि केही अवसर खेर फालेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ३ : ३५ बजे

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने