राजस्व छलीका आरोपमा मुद्दा दायर « Khabarhub

राजस्व छलीका आरोपमा मुद्दा दायर


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजस्व अनुसन्धान विभागले झण्डै रु ३० करोड बिगो बराबरको राजस्व छली गरेको आरोपमा विभिन्न फर्मका सञ्चालक तथा यसका सहयोगीविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

यसरी मुद्दा चलाइएकामा बाराको सिमराका उज्ज्वल ट्रेड कन्सर्नका सञ्चालक रामबाबुप्रसाद यादव, सोही ठाउँको दिव्या ट्रेड कन्सर्नका सञ्चालक सरोज मण्डल, टोनी कन्सर्न ट्रेडका सञ्चालक शान्तिराम सिटौला तथा सहयोगी प्रदीप साह छन् ।

विभागले उक्त राजस्व रकम असुल गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम हदैसम्मको जरिवाना तथा कैद सजायको माग गरेको छ ।

उनीहरुमाथि मिलेमतोमा वस्तु तथा सेवाको कारोबार नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बिजक मात्र जारी गरी राजस्व छली गरेको विभागको आरोप छ । उनीहरुले मूल्य अभिवृद्धि करतर्फ रु नौ करोड १९ र आयकरतर्फ २० करोड अन्ठाउन्न लाख ७५ हजार राजस्व छली गरेको पाइएको विभागले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

दर्तावाल लेखा परीक्षक त्यहाँको चन्द्रनगर गाउँपालिका–७ नादीका आरवी शाह एन्ड एसोसिएट्सका सञ्चालक रामबावु साहमाथि उक्त फर्मको गलत लेखा परीक्षण प्रतिवेदन तयार गरी राजस्व छलीमा मतियारको काम गरेको आरोप छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ५ : ०८ बजे

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १