कैलाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित, अब महाधिवेशनपछि हुने « Khabarhub

कैलाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित, अब महाधिवेशनपछि हुने


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– नेपाली कांग्रेस कैलालीको शुक्रबार गर्ने भनिएको जिल्ला अधिवेशन स्थगन गरिएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको धनगढीमा पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन गर्नुपर्ने समय आइसकेको र जिल्ला अधिवेशन गर्न समय अपुग हुने देखिएकोले हाललाई अर्को सूचना जारी नहुँदासम्म स्थगन गरिएको जानकारी दिए ।

धनगढीमा यही मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशनको तयारी गरिएको छ । प्रदेश अधिवेशन गर्ने जिम्मा कैलाली कांग्रेसलाई दिइएको छ । जिल्ला अधिवेशन केन्द्रीय महाअधिवेशनपछि मात्र गर्ने तयारी गरिएको जनाइएको छ ।

जिल्लामा कांग्रेसको वडा, पालिका, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तहको अधिवेशन चरणबद्धरूपमा सम्पन्न भइसकेको छ । जिल्ला सभापतिका आकांक्षी वर्तमान उपसभापति प्रकाश बम, धनगढी उपमहानगरका प्रमुख नृपबहादुर ओड, पूर्वउपसभापति नारायणदत्त भट्ट, गणेश देउवा, युवा नेता भीम बडुवाल र खेमराज चौधरी कांग्रेसको केन्द्रीय महाअधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेका छन् ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको सभापतिमा हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन् । रावल कैलाली निर्वाचन क्षेत्र नं २ मा भएको महाअधिवेशनबाट प्रतिनिधिमा निर्वाचित भएका छन् । काँग्रेस प्रतिनिधिसभा तहको अधिवेशनसम्म आइपुग्दा पूर्वसांसद, मन्त्री, पार्टीको महाअधिवेशन र महासमिति सदस्यको जिम्मेवारीमा पुगिसकेका नेता महाअधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा पराजित भएका छन् ।

पूर्वमन्त्री सुशिला स्वाँर, पूर्वसांसद गङ्गाबहादुर कुँवर र संविधानसभाका सदस्य बुद्धिसागर चौधरी महाअधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । यस्तै महाअधिवेशन प्रतिनिधिका उम्मेदवार पार्टीका जिल्ला सचिव एवं युवा नेता पूर्ण कुँवरसहित पार्टीका जिल्ला नेता फकिरसिंह खडायत, जङ्गबहादुर साउद, वीरबहादुर हमाल, गोविन्दराज जोशी, पनि पराजित भए ।

पूर्व महाअधिवेशन प्रतिनिधिद्वय डा लक्ष्मीराज पाठक र आनन्दराज जोशीलगायतका नेताले वडा तहको अधिवेशनबाटै पराजय व्यहोरेका छन् । कांग्रेसको महाअधिवेशन प्रतिनिधिका उम्मेदवार वरिष्ठ पत्रकार मनमोहन स्वाँर र उमीदप्रसाद बाग्चन्द पनि पराजित भएका छन् । नाम चलेका नेता पराजित हुँदा यसअघि त्यति चर्चामा नआएका कतिपय नेता कांग्रेसको महाअधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ९ : ३३ बजे

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो