कैलाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित, अब महाधिवेशनपछि हुने « Khabarhub

कैलाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित, अब महाधिवेशनपछि हुने


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– नेपाली कांग्रेस कैलालीको शुक्रबार गर्ने भनिएको जिल्ला अधिवेशन स्थगन गरिएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको धनगढीमा पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन गर्नुपर्ने समय आइसकेको र जिल्ला अधिवेशन गर्न समय अपुग हुने देखिएकोले हाललाई अर्को सूचना जारी नहुँदासम्म स्थगन गरिएको जानकारी दिए ।

धनगढीमा यही मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशनको तयारी गरिएको छ । प्रदेश अधिवेशन गर्ने जिम्मा कैलाली कांग्रेसलाई दिइएको छ । जिल्ला अधिवेशन केन्द्रीय महाअधिवेशनपछि मात्र गर्ने तयारी गरिएको जनाइएको छ ।

जिल्लामा कांग्रेसको वडा, पालिका, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तहको अधिवेशन चरणबद्धरूपमा सम्पन्न भइसकेको छ । जिल्ला सभापतिका आकांक्षी वर्तमान उपसभापति प्रकाश बम, धनगढी उपमहानगरका प्रमुख नृपबहादुर ओड, पूर्वउपसभापति नारायणदत्त भट्ट, गणेश देउवा, युवा नेता भीम बडुवाल र खेमराज चौधरी कांग्रेसको केन्द्रीय महाअधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेका छन् ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको सभापतिमा हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन् । रावल कैलाली निर्वाचन क्षेत्र नं २ मा भएको महाअधिवेशनबाट प्रतिनिधिमा निर्वाचित भएका छन् । काँग्रेस प्रतिनिधिसभा तहको अधिवेशनसम्म आइपुग्दा पूर्वसांसद, मन्त्री, पार्टीको महाअधिवेशन र महासमिति सदस्यको जिम्मेवारीमा पुगिसकेका नेता महाअधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा पराजित भएका छन् ।

पूर्वमन्त्री सुशिला स्वाँर, पूर्वसांसद गङ्गाबहादुर कुँवर र संविधानसभाका सदस्य बुद्धिसागर चौधरी महाअधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । यस्तै महाअधिवेशन प्रतिनिधिका उम्मेदवार पार्टीका जिल्ला सचिव एवं युवा नेता पूर्ण कुँवरसहित पार्टीका जिल्ला नेता फकिरसिंह खडायत, जङ्गबहादुर साउद, वीरबहादुर हमाल, गोविन्दराज जोशी, पनि पराजित भए ।

पूर्व महाअधिवेशन प्रतिनिधिद्वय डा लक्ष्मीराज पाठक र आनन्दराज जोशीलगायतका नेताले वडा तहको अधिवेशनबाटै पराजय व्यहोरेका छन् । कांग्रेसको महाअधिवेशन प्रतिनिधिका उम्मेदवार वरिष्ठ पत्रकार मनमोहन स्वाँर र उमीदप्रसाद बाग्चन्द पनि पराजित भएका छन् । नाम चलेका नेता पराजित हुँदा यसअघि त्यति चर्चामा नआएका कतिपय नेता कांग्रेसको महाअधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ९ : ३३ बजे

१५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु

काठमाडौं – काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति

नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन,

दबाबमा परेको कांग्रेस संस्थापनले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- विशेष महाधिवेशन पक्षधरले बहुमत जुटाएर दबाब बढाउँदै गएपछि सभापति

भारतको अन्तरिक्ष मिशन असफल, नेपालको उपग्रह ‘मुनाल’ पनि बाटैबाट हरायो

नयाँदिल्ली- आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार बिहान