इथियोपियाका ९० लाख मानिसलाई खाद्य संकट पर्नसक्ने राष्ट्रसंघको चेतावनी « Khabarhub

इथियोपियाका ९० लाख मानिसलाई खाद्य संकट पर्नसक्ने राष्ट्रसंघको चेतावनी


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अदिस अबाबा– द्वन्द्वग्रस्त मुलुक इथियोपियामा ९० लाखभन्दा बढी मानिसलाई खाद्य सङ्कट पर्न सक्ने देखिएको छ ।

संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व खाद्य कार्यक्रमले शुक्रबार दिएको जानकारी अनुसार इथियोपियाका ९० लाखभन्दा बढीलाई खाद्य अभाव हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने भएको छ ।

इथियोपियामा खाद्य सङ्कट उत्पन्न हुने बारेमा अन्तर्राष्ट्रिय समुदायको तत्काल ध्यानाकर्षण गराउनु पर्ने राष्ट्रसंघीय अधिकारीहरूको भनाइ छ ।

अफ्रिकी देशहरूमध्ये दोस्रो धेरै जनसङ्ख्या भएको द्वन्द्वग्रस्त मुलुक इथियोपियाका लागि अहिलेदेखि नै खाद्य व्यवस्थापनको तयारी नगरिए ठूलो मानवीय क्षति हुन सक्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।

इथियोपियामा सरकारी पक्ष र विद्रोही टीपीएलएफ समूहका बीचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । एएफपी

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ९ : ५१ बजे

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो