कानमा लामा रौँ पलाए के हुन्छ ? | Khabarhub Khabarhub

कानमा लामा रौँ पलाए के हुन्छ ?


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कानमा रौँ भएका मानिस कमै हुन्छन् । कानका रौँले स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यसले कानमा विभिन्न धुलो र नचाहिने कणलाई रोक्छ । तर कानमा बढी रौँ हुनु भने राम्रो मानिँदैन ।

जसको कानमा रौँ हुन्छ उनीहरू कन्जुस हुने, बाठो हुने वा आयु लामो हुने फरक फरक विश्वास समाजमा देखिन्छ । तर वैज्ञानिक शोधले भने कानमा लामो रौँ भए गम्भीर रोगको सिकार हुन सक्ने खतरा देखाएको छ ।

हालैको एक शोध अनुसार कानमा लामो-लामो रौँ हुनेहरूमा हृदय रोगको खतरा बढी हुन्छ । खास गरी सामान्य भन्दा लामो आकारको रौँ कानमा बाक्लो छ भने त्यस्ता व्यक्तिलाई हृदयाघातको खतरा समेत उच्च हुने उक्त शोध अध्ययनको निष्कर्ष छ ।

कानमा रौँ हुने समस्या वंशाणुगत भन्दा बढी अहिलेको जीवनशैली र आहार विहार रहेको वैज्ञानिकको बुझाइ छ । धूम्रपान गर्नेमा यो समस्या उच्च देखिने शोधले बताएको छ । शोध अनुसार कान र हृदयाघातको गहिरो सम्बन्ध छ । सन् १९७३ मा डा. सान्डर्स टी फ्रान्क र उनको टिमले अधिकांश हृदयाघातको समस्या हुनेहरूमा कानमा लामो रौँ हुने गरेको तथ्य बाहिर ल्याएको थियो ।

पुरुषको कानको लोतीमा चिरा परेको छ भने मुटुको कोरोनेरी धमनीमा रोग लागेको अनुसन्धानले पत्ता लगाएको छ । त्यस्तै कानमा थुप्रो रौँ हुनुले टेस्टोस्टेरोनको स्तर देखाउँछ । धेरै टेस्टोस्टेरोन हुने मान्छेलाई हृदयाघातको सम्भावना हुन्छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ८ : ०० बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ