नवलपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता हुने « Khabarhub

नवलपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता हुने


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा राष्ट्रियस्तरको ‘भेट्रान्स कप फुटबल प्रतियोगिता’आयोजना हुने भएको छ ।

अंग्रेजी नयाँ वर्ष , माघेसङ्क्रान्ति तथा माघी पर्वको अवसर पारेर जिल्ला फुटबल सङ्घ नवलपुरको समन्वय, रिटर्नी माइग्रेन्ट्स नेपाल नवलपुर शाखाको आयोजना, टाइगर क्लब गोछडाको सहआयोजनामा यही पुस १७ गतेबाट फुटबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा देशभरबाट १२ टिमको सहभागिता रहने जिल्ला फुटबल सङ्घ नवलपुरका अध्यक्ष सेतमान पुनले जानकारी दिए । नवलपरासीपूर्व नवलपुर र पश्चिम नवलपरासीसहित काठमाडौँ, पोखरा, हेटौँडा, चितवन, सुर्खेत, वीरगञ्जलगायतका गरी १२ टिमले सहभागिता जनाउने उनले बताए ।

प्रतियोगिताको फाइनल खेल भने पुस २४ गते हुने जनाइएको छ । प्रतियोगितामा विजेता हुने टिमले रु एक लाख र उपविजेता हुने टिमले रु ५१ हजारसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछ । उत्कृष्ट गोलकर्ता, उत्कृष्ट खेलाडीलाई समेत नगदसहित पुरस्कृत गरिने सहआयोजक क्लबका सल्लाहकार पुष्परत्न महतोले बताए ।

प्रतियोगिता सम्पन्न गर्न करिब रु छ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि विभिन्न स्थानीय तह, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामाजिक व्यक्तित्व एवं सङ्घसंस्थाहरूले आर्थिक सहयोग गरेको उनले जानकारी दिए ।

जिल्लामा राष्ट्रियस्तरको खेल गर्दा खेलले यहाँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको अध्यक्ष पुनले बताए । ‘राष्ट्रियस्तरको भेट्रान्स फुटबल प्रतियोगिताले खेलसँगै पर्यटनलाई समेत जोड्ने अपेक्षा छ, देशका विभिन्न स्थानबाट आउने खेलाडीमार्फत जिल्लाका पर्यटकीय क्षेत्रलाई चिनाउँछ’, उनले भने, ‘खेललाई जिल्ला चिनाउने थलोका रूपमा समेत प्रतियोगितालाई लिएका छौँ ।’

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ७ : ३५ बजे

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप