संकटा र बीबीसी तथा थ्रीस्टार र आर्मी भिड्दै | Khabarhub Khabarhub

संकटा र बीबीसी तथा थ्रीस्टार र आर्मी भिड्दै


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौ चरणको तेस्रो दिन दुई खेल आयोजना हुँदैछन् ।

आइतबार दशरथ रंगशालामा हुने दुईमध्ये एक खेल १ बजे र अर्को साझ पौने ५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) भिड्नेछन् । जारी लिगमा संकटा ५ खेलमा ९ अंक जोडेर चौंथो स्थानमा छ। बीबीसी ५ खेलमा ५ अंक जोडेर १० औं स्थानमा छ ।

छैटौँ चरणमा बीबीसीलाई पराजित गर्न सके संकटा शीर्ष तीनमा उक्लने छ । यता, बीबीसी पनि युवा खेलाडीको साथमा संकटालाई रोक्ने योजनामा हुनेछ ।

दोस्रो खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एएफसी छनोटबाट बाहिर रहेको आर्मी थ्रीस्टारलाई हराउँदै लिग उपाधि दाबेदारी यथावत राख्न चाहन्छ । यता, खराब लयमा रहेको थ्रीस्टार सुधारिएको खेल प्रदर्शन गर्ने योजनामा छ ।

आर्मी ५ खेलमा ९ अंक जोडेर तेस्रो स्थानमा छ । थ्री स्टार ५ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मछिन्द्र क्लब शीर्षस्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ९ : ०७ बजे

ला लिगा : ओभिएदोमाथि बार्सिलोनाको सानदार पुनरागमन जित

काठमाडौं – ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्सिलोनाले

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौं – एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज १० गते शुक्रबार। आश्विन

आज २०८२ साल असोज १० गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज १० गते शुक्रबार। आश्विन