शेयर बजारमा दोहोरो अंकको वृद्धि, फाइनान्स र हाइड्रोले भने गुमाए « Khabarhub

शेयर बजारमा दोहोरो अंकको वृद्धि, फाइनान्स र हाइड्रोले भने गुमाए


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजार हरियाली भएको छ । यसदिन बजार मापक परिसूचक नेप्से ७१.२० अंकले बढेर २५९१.४२ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ५.३८ अंकले बढेर ४८२.७४ को बिन्दुमा पुगेको छ ।

आइतबार विभिन्न १५ वटा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको थियो। १० प्रतिशतसम्मको वृद्धि भएपछि सर्किट लाग्ने गर्छ ।

आइतबार १३ वटा उपसमूह मध्ये ११ उपसहू हरियाली हुँदा दुईवटा उपसमूह भने राताम्मे भए । फाइनान्स र हाइड्रो उपसमूहले गुमाएका छन् । फाइनान्स उपसमूहले १.१२ प्रतिशतले गुमायो भने हाइड्रोले ०.१२ प्रतिशतले गुमायो ।

सबैभन्दा धेरै निर्जीवन बीमा उपसमूहले कमायो । सो उपसमूहमा ८.१७ प्रतिशतको वृद्धि भएको छ ।

आइतबार २३१ कम्पनीका ८६०१९६५ कित्ता शेयर खरिद विक्री हुँदा ५,१७,३२,००,५०३ रुपैयाँ बराबरको कारोबार भयो। शेयर बजारमा अघिल्लो सातादेखि हरियाली आउन थालेको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ३ : ३८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल