एमसीसीमा मैले त राष्ट्रघाती देखेको छैन : देउवा « Khabarhub

एमसीसीमा मैले त राष्ट्रघाती देखेको छैन : देउवा


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन् ।

उनले माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौंता नगर्ने बताएका छन् ।

‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन । प्रजातन्त्रका लागि देशको लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघाती सम्झौता गरौला र ? म पनि देशभक्त नेपाली हो नि । एमसीसी सहमतिमै आएको छ । राष्ट्रघाती भन्नुभन्दा पहिले बुझ्नुस् के,’ देउवाले भने ।

यसका साथै माओवादीको महाधिवेशनबाट पुष्पकमल दाहाल प्रचण्ड नै अध्यक्ष हुने जस्तो देखिएको भन्दै देउवाले शुभकामनासमेत दिएका थिए ।

देउवाले अहिले बनेको पाँच दलको गठबन्धनको सरकार कसैका विरुद्धमा नभएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा देउवाले संसद पूरा चलोस् भन्ने उद्देश्यले संविधान बनेको र त्यसैको कार्यान्वयनका लागि गठबन्धनको सरकार बनेको बताएका हुन् । मनपरी संसद् विघटन गर्ने कदमविरुद्ध मात्रै आफूहरू एक भएको देउवाले बताएका थिए ।

उनले प्रचण्डको अगुवाईमा शान्ति प्रक्रिया तथा संविधान निर्माण भएको बताएका थिए । ‘मुलुकलाई शान्ति प्रक्रियामा लैजानुपर्छ। संविधानसभामा जानुपर्छ भनेर प्रचण्डजीले नै अगुवाई गर्नुभएको हो, उनले भने ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ७ : ०९ बजे

सेतो मच्छिन्द्रनाथ : करुणा, वर्षा र जीवनसँग जोडिएको परम्परा

काठमाडौँ उपत्यकाको मुटुमा सेतो मच्छिन्द्रनाथ केवल एक धार्मिक देवता होइन,

लाइसेन्स, नागरिकता र पासपोर्ट घर–घरमै पुर्‍याउने बालेन सरकारको योजना

काठमाडौं- वडाबाट सामान्य सिफारिसपत्र बनाउनदेखि संघबाट दिइने सेवा लिन जनताले

कांग्रेसको देउवा पक्षबाट केन्द्रीय समिति बैठक र जिल्ला सभापतिहरुको भेला आह्वान

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट

आँखा शिविरबाट वृद्धवृद्धा लाभान्वित

पर्वत– पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार

घोराही–लमही सडक विस्तार थालियो

दाङ– दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ