एमालेसँग पार्टी एकता गरेर गल्ती गरेका थिएनौं : प्रचण्ड (भिडियो) « Khabarhub

एमालेसँग पार्टी एकता गरेर गल्ती गरेका थिएनौं : प्रचण्ड (भिडियो)


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग पार्टी एकता गरेर आफूहरुले गल्ती नगरेको बताएका छन् ।

आइतबारबाट राजधानीमा सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रमा माओवादी केन्द्रकका अध्यक्ष प्रचण्डले आफूहले एमालेसँग पार्टी एकता गरेर गल्ती नगरेको बताएका छन् । पार्टी एकता गर्दा आफूहरुको उदेश्य गलत नभएको उनको भनाइ थियो ।

‘हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं, फेरि आत्मसमीक्षा गरौं, हाम्रो उदेश्य गलत थिएन’, उनले भने, ‘एमाले महासचिव शंकर पोखरेलले भनेको कुरालाई पनि मनन् गरौं ।’

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले र माओवादी केन्द्रको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका थिए । माओवादीको कार्यक्रममा पोखरेलले त्यतिबेला एमाले र माओवादी केन्द्रको एकता इतिहासको आवश्यकता भएको बताएका थिए ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ७ : १७ बजे

मन्त्रिपरिषद् बैठक बस्दै : के छ कार्यसूची

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक

कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते

कैलाली – कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित ‘च गाउँ’ मा रहेको

सुकुम्वासी बस्तीबाट विस्थापित बालबालिकाको प्रश्न : घर नै छैन, स्कूल कसरी जाऊँ ?

काठमाडौँ – सरकारको निर्णयअनुसार शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट

प्रधानमन्त्री बालेन भन्छन्- भ्रममा नपर्नुस्, भूमिहीनको आवास सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदीकिनार र सरकारी

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

झापा वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा