प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई « Khabarhub

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपीएफले प्रदेश १ लाई सात विकेटले हराउँदै उपाधि जितेको हो ।

एपीएफले ३४ बलअघि नै सहज जित पाएको थियो । जितका लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १४ ओभर २ बलमा ३ विकेट गुमाउँदै ६८ रन बनायो ।

एपीएफको जितमा विकेट किपरसमेत रहेकी ब्याटर ज्योति पाण्डेले ३९ बलमा ६ छक्कासहित सर्वाधिक ३६ रन बनाइन् । यस्तै ममता चौधरी २३ बलमा २ चौकासहित १९ रनमा अविजित रहिन् ।

प्रदेश १ की कप्तान रुविना क्षेत्रीले एक्लै ३ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी रुविनाले १ मेडन राख्दै १० रन खर्चिएकी थिइन् ।

यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा कप्तान सीता राना मगरले घातक बलिङ गरेपछि विभागीय टोली एपीएफले उपाधि जित्न ६८ रनको सामान्य लक्ष्य पाएको थियो । टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको थियो ।

प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ४६ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन जोडिन् । यस्तै अप्सरी बेगमले ३४ बलमा १ चौकासहित ११ रनको योगदान दिइन् । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफकी सीता राना मगरले सर्वाधिक ३ विकेट लिइन् । रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट लिइन् ।

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ८ : २० बजे

प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीचको भेटवार्ता सुरू

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाधीस्थलमा पुष्प अर्पण (फोटो फिचर)

काठमाडौँ – भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९९ विन्दुले बढेको छ

यथार्थपरक बजेट ल्याउन गण्डकीलाई विज्ञको सुझाव

गण्डकी – गण्डकी प्रदेश सरकार आउँदो आर्थिक वर्ष २०८०/८१ का

विमानस्थल बन्यो, जहाज उड्ने टुङ्गो छैन

बागलुङ– बागलुङस्थित बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक