रक क्लाइम्बिङको उपाधि दिपेन र पञ्चमायालाई « Khabarhub

रक क्लाइम्बिङको उपाधि दिपेन र पञ्चमायालाई


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाको बन्दीपुर गाउँपालिका–४ विमलनगरको चुनपहरामा भएको रक क्लाइम्बिङ प्रतियोगिताको उपाधि दिपेन गुरुङ र पञ्चमाया तामाङले जितेका छन् । चुनपहरा जोगाउनलाई दबाब दिने उद्देश्यले आयोजना गरिएको पहिलो रक क्लाइम्बिङ महोत्सव अन्तर्गतको प्रतियोगितामा पुरुषतर्फ गुरुङ र महिलातर्फ तामाङले उपाधि जित्न सफल भएका हुन् ।

उपाधिसँगै यी दुईले जनही ५० हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । एक वर्ष सम्मका लागि रक क्लाइम्बिङको निस्शुल्क तालिम लिने अवसर पनि गुरुङ र तामाङलाई प्राप्त भएको छ । पुरुषतर्फ सुलभ राई दोस्रो र तेन्जिङ राई तेस्रो भए । महिलातर्फ रुषा प्रधान र जापनकी सवा सुचिता तेस्रो भइन् ।

दोस्रो हुनेले जनही २० हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाएका छन् । ६ महिनाका लागि रक क्लाइम्बिङको निस्शुल्क तालिमको अवसर दोस्रो हुनेलाई छ ।

तेस्रो हुनेले जनही १० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रसँगै तीन महिनाका लागि रक क्लाइम्बिङको निःशुल्क तालिमको अवसर प्राप्त गरेका छन् । विजेतालाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ९दीपक मनाङे० लगायतले पुरस्कृत गरेका हुन् ।

रक क्लाइम्बिङ प्रतियोगितामा दुई विदेशी सहित ३८ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । महिला विधातर्फ १५ जनाको सहभागिता रहेको थियो ।

नेपाल पर्यटन बोर्ड, बन्दीपुर गाउँपालिका र गण्डकी अल्पाइन क्लबको आयोजनामा रक क्लाइम्बिङ महोत्सव भएको हो । शुक्रबारदेखि महोत्सव सुरु भएको थियो । सोमबारसम्म चल्ने भनिए पनि आइतबार नै महोत्सव सकिएको छ ।

पृथ्वी राजमार्गलाई चार लेनको बनाउँदा विमलनगरको चुनपहरा भत्कने सक्ने आशंका गर्दै जोगाउन दबाब दिने उद्देश्यले रक क्लाइम्बिङ महोत्सव गरेको गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाही ठकुरीले बताए । उनका अनुसार चुनपहरामा रक क्लाइम्बिङका लागि २७ रुट छन् । २०६३ सालमा चुनपहरामा रक क्लाइम्बिङको रुट बनाएर सुरुवात गरिएको थियो ।

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १० : ४० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु