रक क्लाइम्बिङको उपाधि दिपेन र पञ्चमायालाई « Khabarhub

रक क्लाइम्बिङको उपाधि दिपेन र पञ्चमायालाई


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाको बन्दीपुर गाउँपालिका–४ विमलनगरको चुनपहरामा भएको रक क्लाइम्बिङ प्रतियोगिताको उपाधि दिपेन गुरुङ र पञ्चमाया तामाङले जितेका छन् । चुनपहरा जोगाउनलाई दबाब दिने उद्देश्यले आयोजना गरिएको पहिलो रक क्लाइम्बिङ महोत्सव अन्तर्गतको प्रतियोगितामा पुरुषतर्फ गुरुङ र महिलातर्फ तामाङले उपाधि जित्न सफल भएका हुन् ।

उपाधिसँगै यी दुईले जनही ५० हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । एक वर्ष सम्मका लागि रक क्लाइम्बिङको निस्शुल्क तालिम लिने अवसर पनि गुरुङ र तामाङलाई प्राप्त भएको छ । पुरुषतर्फ सुलभ राई दोस्रो र तेन्जिङ राई तेस्रो भए । महिलातर्फ रुषा प्रधान र जापनकी सवा सुचिता तेस्रो भइन् ।

दोस्रो हुनेले जनही २० हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाएका छन् । ६ महिनाका लागि रक क्लाइम्बिङको निस्शुल्क तालिमको अवसर दोस्रो हुनेलाई छ ।

तेस्रो हुनेले जनही १० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रसँगै तीन महिनाका लागि रक क्लाइम्बिङको निःशुल्क तालिमको अवसर प्राप्त गरेका छन् । विजेतालाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ९दीपक मनाङे० लगायतले पुरस्कृत गरेका हुन् ।

रक क्लाइम्बिङ प्रतियोगितामा दुई विदेशी सहित ३८ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । महिला विधातर्फ १५ जनाको सहभागिता रहेको थियो ।

नेपाल पर्यटन बोर्ड, बन्दीपुर गाउँपालिका र गण्डकी अल्पाइन क्लबको आयोजनामा रक क्लाइम्बिङ महोत्सव भएको हो । शुक्रबारदेखि महोत्सव सुरु भएको थियो । सोमबारसम्म चल्ने भनिए पनि आइतबार नै महोत्सव सकिएको छ ।

पृथ्वी राजमार्गलाई चार लेनको बनाउँदा विमलनगरको चुनपहरा भत्कने सक्ने आशंका गर्दै जोगाउन दबाब दिने उद्देश्यले रक क्लाइम्बिङ महोत्सव गरेको गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाही ठकुरीले बताए । उनका अनुसार चुनपहरामा रक क्लाइम्बिङका लागि २७ रुट छन् । २०६३ सालमा चुनपहरामा रक क्लाइम्बिङको रुट बनाएर सुरुवात गरिएको थियो ।

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १० : ४० बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई