आयल निगमको ट्यांकरबाट २१८ किलो गाँजा बरामद « Khabarhub

आयल निगमको ट्यांकरबाट २१८ किलो गाँजा बरामद


१३ जेष्ठ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँबाट डिजेल लिन भारत हिँडेको ट्याङ्करबाट प्रहरीले २१८ किलो गाँजा बरामद गरेको छ ।

प्रहरीका अनुसार बाराको जितपुर–सिमरा उपमहानगरपालिका-१ बाट ना४ख २९७९ नम्बरको ट्यांकरबाट गाँजा बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र शाहीका अनुसार प्रहरीले बुधबार दिउँसो १ बजे पथलैयाको एक ग्यारेजबाट ट्यांकरसहित चालक र सहचालकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ट्यांकरका चालक महोत्तरी बर्दिवास नगरपालिका–८ का ३३ वर्षीय घनश्याम गिरी र सह-चालक चितवन खैरहनी नगरपालिका–२ का राजकुमार दवाडी छन् ।

एसपी शाहीका अनुसार ट्यांकर पथलैया चोकमा रहेको एउटा ग्यारेजमा रोकेर राखिएको थियो । सोही क्रममा प्लाष्टिकको पोकामा राखिएको गाँजा बरामद भएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  १२ : २२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको