नेपालमा यसरी सुरू भयो कोभिड–१९ विरुद्धको खोप (फोटो फिचर) « Khabarhub

नेपालमा यसरी सुरू भयो कोभिड–१९ विरुद्धको खोप (फोटो फिचर)


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा आजदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन थालिएको छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका थिए ।

आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइनेछ । यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिने छ ।

नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाउँदैछन् । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो । काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहनेछन् । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो ।

स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो ।

खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउनेछन् ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १ : ३७ बजे

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा