राष्ट्रिय महिला लिगमा विराटनगरको पहिलो जीत « Khabarhub

राष्ट्रिय महिला लिगमा विराटनगरको पहिलो जीत


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विराटनगर महानगरपालिकाको टोलीले राष्ट्रिय महिला लिगमा पहिलो जीत हात पारेको छ।

बुधबार सातदोबाटोस्थित एन्फा मैदमनमा भएको खेलमा चन्द्रपुर नगरपालिका रौतहटको टोलीलाई विराटनगरले ५-० गोलले पराजित गरेको हो।

विराटनगरले तेस्रो चरणमा जित हात पार्न कुसुम खतिवडाले ह्याट्रिक पूरा गरिन्। उनले खेलको १२ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि उनले ६९ औँ र ७० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

त्यस्तै विराटनगरका लागि अनु राईले ३२ र सरिता शेर्पाले ६३औँ मिनेटमा गोल गरिन्। विराटनगरले पहिलो जित हात पार्दा चन्द्रपुरले अहिलेसम्म १ खेल जितेको छ।

विराटनगरिवरुद्ध चन्द्रपुरका खेलाडीले लय समात्न नसक्दा फराकिलो हार व्येहोरेको हो। लिगमा विराटनगरले ४ अंक बटुलेको छ भने चन्द्रपुरको ३ अंक रहेको छ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ५ : ५६ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ