९० करोडमा बिक्यो ‘केजीएफ २’ को हिन्दी राइट « Khabarhub

९० करोडमा बिक्यो ‘केजीएफ २’ को हिन्दी राइट


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– कन्नड फिल्म ‘केजीएफ’को पहिलो संस्करणको सफलता पछि दर्शकहरु यसको दोस्रो संस्करणको ब्यग्र प्रतिक्षामा छन् । अब यो प्रतिक्षा चाँडै समाप्त हुँदैछ किनकी फिल्मको टिजर रिलिज भइसकेको छ ।

पछिल्लो पटक जस्तै कन्नड सुपरस्टार यशको यो फिल्मको हिन्दी राइट फरहान अख्तर र रितेश सिधवानीको प्रोडक्सन हाउस एक्सेल इन्टरटेनमेन्टले किनेको छ । जसका लागि उनीहरुले ९० करोड बढी रुपैंयाँ तिरेका छन् ।

फिल्ममा आबद्ध एक सदस्यका अनुसार यो फिल्मको पहिलो संस्करण बनाउदा निर्माण पक्षले यसको हिन्दी भर्सनमा रिलिजको बारेमा केही सोचेका थिएनन् । तर रिलिजको केही समय अघि नै यसको हिन्दी राइट एक्सेल इन्टरटेनमेन्टले किनिसकेको थियो ।

निर्माताले ‘केजीएफ’को तुलनामा ‘केजीएफ २’मा सात गुणा बढी लगानी गरेका कारण पनि एक्सेल इन्टरटेनमेन्टले सर्वाधिक महंगो मूल्यमा यसको अधिकार किन्नु परेको हो । सन् २०१८ मा रिलिज ‘केजीएफ’ले लगानी भन्दा ३५ भन्दा गुणा बढी कलेक्सन गरेको थियो ।

‘केजीएफ’ ८० करोड बजेटमा निर्माण भएको थियो । फिल्मले बक्सअफिसमा २ सय ५० करोड रुपैंयाँको कलेक्सन गरेको थियो । यो फिल्म सर्वाधिक कमाई गर्ने पहिलो कन्नड फिल्म बनेको थियो ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ७ : २५ बजे

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन