एएफसी कप प्लेअफमा आर्मीले श्रीलंकाको सामाना गर्ने « Khabarhub

एएफसी कप प्लेअफमा आर्मीले श्रीलंकाको सामाना गर्ने


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ को छनोट अन्तर्गत दक्षिण एसियाली प्लेअफको पहिलो चरणमा श्रीलंकन टोलीको सामना गर्ने भएको छ ।

बुधबार एसियाली फुटबल कन्फिडेरेसन (एएफसी) ले खेल तालिका सार्वजनिक गरेको हो । जसमा आर्मीले श्रीलंकाको पुलिस क्लबसँग खेल्नेछ ।

यो प्लेअफको विजेता बन्ने टोली एएफसी कपको मुख्य खेल तालिकाको समूह डी मा रहनेछ । आर्मीले केही समयअघि मात्र एएफसीको क्लब लाइसेन्स प्राप्त गरेकोले एएफसीको प्रतियोगिता खेल्न अनुमति दिएको हो ।

गत वर्ष भएको शहीद स्मारक ए डिभिजन लिगमा आर्मी उपविजेता बनेको थियो । मछिन्द्रले उपाधि जिते पनि आर्मी क्लब लाइसेन्स पाउने पहिलो क्लब बनेपछि यो अवसर पाएको हो ।

प्लेअफबाट मुख्य प्रतियोगितामा पुग्न आर्मीले तीन खेल जित्नुपर्नेछ । जसअनुसार पहिलो चरणमा आर्मीले अप्रिल ७ तारिखमा श्रीलंका पुलिसको सामना गर्नेछ ।

यस्तै खेल जित्ने टोलीले दोस्रो खेल भारतको बेंगलुरु फुटबल क्लबसंग अप्रिल १४ मा खेल्नेछ । यस खेलको विजेताले अर्को पोलबाट आउने टोलीसंग प्लेअफ फाइनल खेल्नेछ ।

प्लेअफको अर्को पोलमा माल्दिभ्सको क्लब इगल्स र भुटानको थिम्पु सिटी खेल्नेछन् । उक्त खेलको विजेताले बंगलादेशको अबहानी लिमिटेड ढाकासँग खेल्नेछ र विजेता प्लेअफ फाइनलमा पुग्नेछ ।

प्लेअफ फाइनल खेल अप्रिल २१ मा हुनेछ । खेल हुने स्थान भने टुङ्गो लागेको छैन ।

यस प्लेअफ जित्ने टिमसंगै समूह डी मा दक्षिण एसियाकै क्लब हुनेछन् । समूह डीमा भारतको एटिके मोहन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया छन् ।

एएफसी कप २०२१ को समूह चरणका खेलहरु १४ मे देखि सुरु हुनेछ । यो पटक नेपालबाट एएफसी क्लब लाइसेन्स आर्मीले मात्रै पाएकाले उसले यो प्रतियोगिता खेल्न लागेको हो ।

यसअघि लिग च्याम्पियनले एएफसी कप खेल्दै आएको थियो ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ९ : २२ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले