यस्तो छ दहीको धार्मिकदेखि औषधीय गुणसम्मको महत्व « Khabarhub

यस्तो छ दहीको धार्मिकदेखि औषधीय गुणसम्मको महत्व


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  दही पञ्चामृतमध्ये एक मानिन्छ । यसलाई धार्मिक कार्यमा समेत उपयोग गरिन्छ । जन्मदेखि मृत्युसम्मका संस्कारमा यसको उपयोग हुन्छ भने पाचन प्रक्रिया र अम्लपित्तमा पनि लाभकारी छ ।

दही विश्वभरि नै स्वास्थ्यप्रद भोजनमध्ये एक मानिन्छ । मानिसले कम्तीमा साढे चार हजार वर्षदेखि दही खाइरहेका छन् । चिकित्सकका अनुसार दहीले शरीरलाई रोगबाट टाढा राखेर स्वस्थ र दीर्घायु दिन्छ । यसलाई बालबालिकादेखि बूढापाकासम्मले सजिलै पचाउन सक्छन् ।

दिनहुँ यसको प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढ्छ । दही, जुन ब्याक्टेरियाबाट बन्छ, त्यसले शरीरमा हुने कुनै पनि संक्रमणबाट सुरक्षित राख्छ ।

यसले सीधै शरीरमा श्वेत रक्त कणिकाको काम गर्छ र शरीरलाई रोग प्रतिरोधात्मक क्षमता कम भएर हुने रोगबाट बचाउँछ । जसलाई दूधबाट एलर्जी हुन्छ, उनीहरूले दही सेवन गरेर यसबाट पोषक तत्व प्राप्त गर्न सक्छन् ।

यसको नियमित सेवनले व्यक्तिमा गामा इन्टरफरान ननप्रोटिनको मात्रा बढी पाइन्छ, जसले यसको रोग प्रतिरोधात्मक क्षमतालाई बढी सुदृढ बनाउँछ । थुप्रै अनुसन्धानअनुसार दहीको नियमित सेवनले थुप्रै क्यान्सर (मुख्यतः ठूलो आन्द्रा र कोलोनको क्यान्सर) बाट सुरक्षा दिन्छ ।

दहीको सबैभन्दा ठूलो विशेषता लैक्टिक अम्ल बढी मात्रामा हुनु हो । यसले गर्दा ठूलो आन्द्रामा यस्तो वातावरण बन्छ, जसले दुर्गन्ध उत्पन्न गर्ने जीवाणु अर्थात् फुटरे फेक्टिभ ब्याक्टेरियाको विकासलाई रोक्छ । यो जीवाणुलाई बी कोली नामले समेत चिनिन्छ । अर्थात्, ठूलो आन्द्रामा जीवाणुको सन्तुलन बनाइराख्न दहीको नियमित सेवन गर्नुपर्छ ।

दहीमा मिनरल्स र क्याल्सियम धेरै बढी मात्रामा हुन्छ । आस्टियोपोरोसिसले ग्रस्त रोगीलाई दही खाने सल्लाह दिइन्छ । दहीमा कार्बोहाइड्रेट, प्रोटिन र क्याल्सियम पनि बढी मात्रामा पाइन्छ । यसैले यसको सेवन हाई कोलेस्ट्रोलका रोगीलाई लाभदायी हुन्छ । यसमा भिटामिन बी–६ र भिटामिन बी–१२ समेत पाइन्छ ।

इन्टरनेशनल जर्नल अफ ओवेसिटीमा प्रकाशित अध्ययनअनुसार कम चिल्लो भएको दहीको सेवन मोटोपना घटाउन सहयोगी हुन सक्छ । प्रोबायोटिक आहार अर्थात् दहीलाई एलर्जी रोकथामका लागि समेत उपयोग गर्न सकिने विभिन्न अध्ययनले देखाएका छन् ।

दही सौन्दर्य बढाउनसमेत सहयोगी हुन्छ ।

साभार : सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ५ : ४५ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका