जिउँदो वागमती सभ्यताका मृत नदीहरू | Khabarhub Khabarhub

जिउँदो वागमती सभ्यताका मृत नदीहरू



पवित्र वाग्मती नदीको महत्वबारे प्राचीन ग्रन्थहरूमा विशद् वर्णन गरिएको छ । वाग्मती नदीको स्मरण गर्दै प्राणत्याग गर्नेहरू, वाग्मती तटमा रहनेहरू, वाग्मती उत्तरगया क्षेत्रमा दान पुण्य गर्नेहरू, स्नान गर्नेहरूले भुक्ति र मुक्ति दुवै प्राप्त गर्न सक्छन् ।

पवित्र उत्तरगयामा वागमती तटकै गोकर्णेश्वर क्षेत्रमा पिण्डदान नगरी अन्यत्र क्षेत्रमा गरिएको दानपुण्य, तर्पण, श्राद्ध आदि कार्यले पूर्णता पाउँदैन । वाग्मती नदी सयौँ गङ्गा समान पुण्यदायिनी छिन् । ‘शतगङ्गा समाज्ञेया कलौ प्राप्ते हि वाग्मती’ भनिएको छ ।

वाग्मतीको अर्को नाम शिवगङ्गा हो । सृष्टिको उषाकालमा भगवान् ब्रह्माजीले पृथ्वीजगत् सृष्टि गर्नुभयो तर प्राणीहरूको सृष्टि क्रममा उहाँमाथि अनेकौँ समस्या र चुनौतीहरू आए । आफ्नासामु आएका चुनौती समाधानको खोजी गर्ने क्रममा ब्रह्माजी शिवपुरी क्षेत्र वाग्द्वारमा गएर तप गर्न लाग्नुभयो । वाग्द्वारको अर्को नाम मृगेन्द्रशिखर हो । ब्रह्माजीको लामो तपस्यापछि खुसी हुनुभएका शिवजी हाँस्नुभयो । हाँस्दा उहाँका मुखबाट जलकण निस्के । यिनै जलका छिटा जलविन्दुमा परिणत भएर नदीका रूपमा बहन थाले । शिवले यी नदीको नाम शिवगङ्गा राखिदिनुभयो ।

काठमाडौँकै मुटुका मुख्य नदीहरूमा जीवन पटक्कै नपाइनुले आजभन्दा भोलिको काठमाडौँ सहर थप जटिल हुनेछ । काठमाडौँमा अव्यवस्थित शहरीकरण भएको छ । यहीँबाट निस्कासित प्रदूषणले काठमाडौँको स्रोतभूमिको पानी प्रदूषित बनेको छ ।

यसपछि मानवसृष्टिको क्रम सञ्चालन गर्ने सामर्थ्य भयो ब्रह्माजीमा । अन्य देवताहरू पुण्यार्जन गर्ने विचार गरेर वाग्द्वारदेखि बग्दै आएकी नदीतट गोकर्ण क्षेत्र र गौरीघाट शङ्खमूल आदि क्षेत्रमा तपस्या गर्न थाले ।

आराध्यदेव पशुपतिनाथको पूर्वीतटबाट बग्दै काठमाडौँ उपत्यका क्षेत्रलाई पावन बनाउने वाग्मती नदीको तटमा यज्ञडोल (जगडोल) को पावनभूमि गोकर्णेश्वर क्षेत्र रहेको छ । सत्य, त्रेता, द्वापर र कलि सबै युगमा गोकर्णक्षेत्रको आफ्नै महत्व रहेको छ । सत्य युगमा सत्यवती नगर, त्रेतामा तपोवती, द्वापरमा मुक्तिपुरी र कलिमा नेपाल नामले प्रख्यात् हिमशिखर बोकेको यो भूमिमा सूर्यका प्रातः किरण र सन्ध्याका अन्तिम किरण पनि यहीँ पर्छन् ।

विश्वको लागि नेपाल पवित्र र स्वर्गीय आनन्द लिने क्षेत्र हो । पवित्र यसक्षेत्रमा गोकर्णेश्वर शिवलिङ्ग छन् । चौसठ्ठी ज्योतिर्लिङ्गमध्ये पावन ज्योतिर्लिङ्ग यसैक्षेत्रमा रहनुले यो कर्म र धर्मभूमि हो भन्ने कुरा प्रष्ट छ ।

उत्तरगया मानिने गोकर्णक्षेत्रमा पुस औँसी र भाद्र औँसीमा स्नान, दान गर्नेहरूको भिड लाग्छ । पितृहरूको स्मरणमा अन्य औँसी, एकादशी तथा सोह्रश्राद्धका तिथिहरूमा पनि विशेष घुइँचो नै देखिन्छ । शनिबार र सोमबार तथा अन्य दिनहरूमा पनि भक्तजनको कमी हुँदैन ।

आन्तरिक पर्यटन, पिकनिक र मनोरञ्जन स्थलका रूपमा पनि यो परिचित छ । वरिपरि सुन्दर हरियाली, स्वस्थ वातावरण र वनजङ्गलको उपस्थितिले खुला हावा र पर्याप्त अक्सिजन अनि रोग निरोधक शक्ति वृद्धि गर्न समेत त्यहाँ जानेहरूको कमी छैन । कैयौँ लेखक, कवि, साहित्यकारहरूको सिर्जनाको स्रोतसमेत बनेको छ यो क्षेत्र ।

काठमाडौँको व्यस्त शहरदेखि झण्डै १० किमि पूर्व उत्तरक्षेत्रमा रहेको गोकर्णेश्वर मन्दिर हेर्न लायक छ । मन्दिर तीनतले छ, नेपाली शैलीको यो मन्दिर सुन्दर कलाले भरिपूर्ण छ । मन्दिर परिसरमा चतुर्मुखी ब्रह्मा अनि यमराजका प्रतीक चित्रगुप्तका मूर्तिहरू छन् । मन्दिरमा रहेका टुँडालहरू हेर्नलायक कलायुक्त छन् । यसक्षेत्रमा सतीदेवीको देव्रे कान पतन हुँदा गोकर्णपीठ तयार भएको र योगेश्वर महादेव उत्पन्न भई शिव र शक्ति संयुक्तरूपमा रहनुभएको छ ।

एक पटकको कुरा हो । संसारबाट शिवजी अन्तध्र्यान हुनुभएछ । ब्रह्मा, विष्णु, इन्द्र आदि देवगणहरूले शिवजीको खोजी गर्न लागेछन् । ब्रह्माण्डमा शिवजीको खोजी गर्दा देवगणहरू पशुपतिक्षेत्र श्लेष्मान्तक वनमा पुगेछन् । शिवजी सुन्दर मृगको रूप लिएर यो वनमा रहनुभएको कुरा पार्वतीबाट ब्रह्मा, विष्णु, इन्द्रले थाहा पाएछन् ।

भगवान् मृगरूपलाई ब्रह्मा, विष्णु र इन्द्र मिलेर जोडले सिङ्मा समातेछन् । शिवजी अन्तर्ध्यान  हुनुभएछ र मृगको सिङ ब्रह्मा, विष्णु र इन्द्रको हातमा आएछ । जोडले समातेकोले भाँचिएका सिङका टुक्राहरू उनीहरूका हातमा परेछन् । देवताहरू डराएछन् अपराध भयो भनेर !

यतिकैमा आकाशवाणी भएछ– आआफ्ना हातमा भएका सिङहरू लोकहित हेतु स्वर्ग, मत्र्य र पातालमा लगेर स्थापना गर्नू ।

इन्द्रको हातको सिङ स्वर्गमा, विष्णुको हातको सिङ पातालमा र ब्रह्माको हातको सिङ मत्र्यलोक पृथ्वीको यसै गोकर्ण क्षेत्रमा स्थापना गरिएछ । गोकर्णमा स्थापना गरिएकोले यो क्षेत्रलाई गोकर्णेश्वर वा शृङ्गेश्वर भन्न थालिएछ ।

हालको गोकर्णेश्वर मन्दिर झण्डै १५ सय वर्षमात्रै पुरानो हो । लिच्छवि राजा मानदेवले यसको निर्माण गराएका हुन् । उत्तरगयाको नामले चिनिएको यो क्षेत्र भारतको गयाक्षेत्र झैँ प्रसिद्ध छ । अन्य किम्बदन्तीहरू पनि छन् गोकर्णेश्वर महादेवका बारेमा !

प्राचीन समय वृषकर्ण नामक एक व्यक्ति थिए । उनको छोराको नाम थियो गोकर्ण ! बाबुछोराको मेल थिएन । एकअर्कामा श्रापाश्राप गरिरहन्थे । छोरो गोकर्ण मृत्युअघि नै यमलोक गएछ । पछि मृत्यु भएको बाबु वृषकर्णको श्राद्धकर्म गर्ने कोही भएनछ । प्रेतको रूपमा परिणत भएको वृषकर्ण पनि यमलोकमा प्रेतको रूपमा यताउति डुल्दै गर्न लागेछ ।

बाबु यमपुरीमा पे्रत बनेको र पीडाले छटपटिएको खबर छोरो गोकर्णले थाहा पाएछ । छोरो गोकर्णले आफ्नो बाबु चिनेर श्राद्ध, काजकिरिया आदि गरिदिएछ । पिण्डदान आदि कार्य गरेकाले बाबु वृषकर्णको उद्धार भएछ । प्रेत योनि पनि छुटेछ र छोरो गोकर्णलाई आशीर्वाद दिएछ । बाबुको आशीर्वाद र पितृको स्नेह पाएको गोकर्ण पनि तरेछ ।

नारकीय यातानाबाट मुक्ति पाएको गोकर्णले पितृश्राद्ध गरेको दिन भाद्रकृष्ण कुशे औँसी पर्न गएछ । त्यसै संस्मरणमा अबदेखि त्यस दिन दिवङ्गत पितृहरूका नाममा पिण्डदान आदि कार्य गर्न त्यहाँ शुरू भएछ, जुन अद्यापि छ । वर्षेनी काठमाडौँ उपत्यकाबाहिरबाट आई पितृस्मरण गर्नेहरू धेरै हुन्छन् । काठमाडौँ शहर र उपत्यकाभित्र रहनेहरू पनि ठूलो उत्साहका साथ यहाँ पितृकार्य गर्न जान्छन् ।

देशले सहस्राब्दी विकास लक्ष्य र नेपालको दिगो विकासको एजेण्डामा वातावरणीय पक्षलाई उच्च प्राथमिकता दिएको छ ।

सडक, सिमेन्ट, ढल आदिको कारण आकाशबाट परेको पानी पनि जमिनले सोस्न सक्ने अवस्था नहुँदा जमिनमुनिको पानी पनि विषाक्त बनिसकेको छ । जलचर, वनस्पति र अक्सिजन नपाइने पानी प्रयोग योग्य हुँदैन । सामान्यतया एक लिटर शुद्ध पानीमा १.५ मिलिग्रामसम्म एमोनिया रहेको पाइएको छ । यसले महामारी रोग, झाडापखाला आदिको समस्या थपिएको छ ।

स्थानीयस्तरमा वातावरण सुधार कार्यक्रम, जनचेतना अभिवृद्धिका कार्यक्रम, विकास योजना तर्जुमा गर्दा वातावरणीय पक्षलाई समावेश गर्ने कार्य, वातावरण शिक्षातर्फ प्राथमिक तहदेखि विश्वविद्यालय स्तरसम्म पठनपाठन चालु भएर राष्ट्रिय स्तरका उच्चस्तरीय जनशक्ति उत्पादनका कार्यसम्म यस क्षेत्रबाट भएका छन् । यता वैदिक भूमि र पूर्वीय संस्कार, संस्कृति र सम्पदाको स्रोतकेन्द्र सगरमाथा बोकेको नेपाली भूमि र नेपालको ओजोन तहमा देखापरेको वातावरणीय समस्याले उग्ररूप लिँदैछ ।

काठमाडौँकै मुटुका मुख्य नदीहरूमा जीवन पटक्कै नपाइनुले आजभन्दा भोलिको काठमाडौँ सहर थप जटिल हुनेछ । काठमाडौँमा अव्यवस्थित शहरीकरण भएको छ । यहीँबाट निस्कासित प्रदूषणका कारण काठमाडौँको स्रोतभूमिको पानी प्रदूषित बनेको छ ।

नदीहरूमा अक्सिजन शून्यप्रायः छ । वाग्मती, विष्णुमती आदि उपत्यकाका धेरै सहायक नदीहरूमा जीवन छैन । वाग्मतीको कटुवालदहदेखि पशुपतिको आर्यघाटसम्म १२.५ किमि क्षेत्रमा कुनै जलचर भेटिँदैन । हिउँदमा मात्र होइन वर्षायाममा पनि यी नदीहरूमा पानी होइन ढलमात्र बग्छ । पशुपतिदेखि सुन्दरीजलसम्मको मुहानक्षेत्र पनि तीव्ररूपमा विषाक्त हुँदै छ ।

एउटा अध्ययन प्रतिवेदन अनुसार २०४७ सालसम्म कटुवालदहदेखि थापाथली पुलसम्म मात्र जलचर थिएनन् । तीस वर्षपछि अब पूरै नदीमा चलचर छैनन् । अक्सिजन नहुँदा पनि बाँच्ने काइरोनोमिड र ओलिजोकेड जीवमात्र यहाँ बाँकी छ । नदीमा पूरै ढल बग्ने र मुहानको पानी वितरणमा प्रयोग भएकाले अब उपत्यकाका मुख्य नदीहरूमा जीवन्तता छैन ।

सडक, सिमेन्ट, ढल आदिको कारण आकाशबाट परेको पानी पनि जमिनले सोस्न सक्ने अवस्था नहुँदा जमिनमुनिको पानी पनि विषाक्त बनिसकेको छ । जलचर, वनस्पति र अक्सिजन नपाइने पानी प्रयोग योग्य हुँदैन । सामान्यतया एक लिटर शुद्ध पानीमा १.५ मिलिग्रामसम्म एमोनिया रहेको पाइएको छ । यसले महामारी रोग, झाडापखाला आदिको समस्या थपिएको छ ।

सामान्यतया पिउन योग्य एक लिटर पानीमा ७–८ मिलिग्राम अक्सिजन हुनु जरुरी छ तर उपत्यकामा बग्ने नदीको पानीमा अक्सिजनको मात्रा शून्यप्रायः छ । सुन्दरीजल–कटुवाल दहको २७.५ किमि दूरीको अवस्था यस्तै छ । सहायक नदीहरू पनि यस्तै छन् । वाग्मती सफाइ अभियानले पाँच वर्ष पूरा गरिसकेको छ । सयौँ संघसंस्थाहरू यसमा आबद्ध छन् । वाग्मती सभ्यताको छुट्टै कार्यालय पनि छ, रकमको अभाव छैन तैपनि यहाँको दुरवस्थाले सबैलाई गिज्याएको छ ।

ब्राजिलपछिको विद्युतीय ऊर्जा स्रोत पानीमा दोस्रो स्थान ओगटेको नेपालमा असंख्य नदीनालाहरू छन् तर पिउने पानीको संकट यहीँ छ । काठमाडौँ उपत्यकामा पानीको अभाव र प्रदूषण वृद्धि भएको छ । यहाँको तरकारी र फलफूल पनि विषाक्त छ । कृषिमा विविधता गुमिसकेकाले आगामी दिनमा खाद्य संकट त बढ्ने नै छ ।

(लेखक धर्मसंस्कृतिका अध्येता हुन् ।)

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ७ : २४ बजे

दार्चुलामा जिप दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु  

दार्चुला – दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको

‘नेतृत्व सचेत नभए अब सिस्टमबाहिरबाट नेतृत्व आउँछ’

हुन त अहिले हामीसँग संविधान छ, सरकार छ । हामी

कोदोखेतीले धानेको खोरियागाउँ

सिरहा– मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ

तपाईंलाई थाहा छ, कुन कपडा तातोपानीले धुनु हुँदैन ?

‍काठमाडौं– मौसम परिवर्तनसँगै जाडोयाम भित्रिसकेको छ। जाडोयाम छिप्पिँदै जाँदा पानी

ईशनाथ नगरपालिका –१ का वडाध्यक्ष साहको निधन

चन्द्रपुर– मिर्गौलापीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा