फिलिपिन्सले बढायो दक्षिण चीन सागरमा नौसैन्यको तैनाथी « Khabarhub

फिलिपिन्सले बढायो दक्षिण चीन सागरमा नौसैन्यको तैनाथी


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिलिपिन्सले दक्षिण चीन सागरमा माछा मार्ने आफ्ना नागरिकको सुरक्षाका लागि भन्दै नौसैन्यको उपस्थिती बढाउने भएको छ ।

विवादित दक्षिण चीन सागरमा माछा मार्ने आफ्ना मानिसहरुको सुरक्षाका लागि फिलिपिन्सले थप नौसेना परिचालन गर्न लागेको हो।

केही समयअघि चीनले विवादित दक्षिण चीन सागरमा विदेशी नौसेनाको विमानमा आक्रमण गर्न सक्ने कानुन ल्याएपछि फिलिपिन्सले बिरोध जनाएको थियो ।

विवादित सागरक्षेत्रमा चीनसँग युद्ध गर्ने नभएर आफ्ना नागरिकको सुरक्षाका लागि नौसेनाको उपस्थिती बढाउन लागिएको फिलिपिनो नौसेनाका अधिकारीलाई उद्धृत गर्दै बैंकक पोष्टले जनाएको छ ।

विवादित सागरक्षेत्रमा चीनले ९० प्रतिशत क्षेत्र आफ्नो रहेको दाबी गर्दै महत्वपुर्ण रणनीतिक सामुद्री मार्गमा आफ्ना नौसेना खटाउँदै आएको छ । तर, दक्षिण चीन सागरमा जापान, फिलिपिन्स, मलेसिया, ब्रुनाइ, ताइवान, भियतनाम लगायत मुलुकहरुले पनि आफ्नो क्षेत्रको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  १० : २० बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको