पाठकमाझ सुरेशको ‘रहर’ « Khabarhub

पाठकमाझ सुरेशको ‘रहर’


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लेखक सुरेश बडालको नयाँ कृति ‘रहर’ सार्वजनिक भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित एक विशेष समारोहमार्फत पुस्तक लोकार्पण गरिएको हो ।

कार्यक्रममा लेखक अमर न्यौपानेले जतिसकै नाम र दाम कमाए पनि बाल्यकाल जस्तो मीठो जीवन अरू नहुने बताए । चाहे बाल्यकाल जतिसुकै अभावमा होस्, त्यो अति प्रिय हुने उनको भनाइ छ ।

‘रहरमा धेरैजसो कथा बाल्यकालका यस्तै मीठा र अबोध मनोविज्ञानले भरिएका छन्,’ उनले भने, ‘सेतो कागज जस्तो जीवनमा भर्खर केही लेखिँदै गर्दाका घटनाहरू, भर्खर पलाउँदै गरेको पालुवामा केही रङ भरिँदैै गर्दाका ऋतुहरूले थाहै नपाउनेगरी जीवनमा कसरी उतारचढाव ल्याइदिन्छन् भन्ने अनेक घटना कथाहरुमा छन् ।’

उनले पुस्तकमा केही कथा किशोरकालका स–साना घटना र सूक्ष्म भोगाइहरूले भरिएको बताउदै सङ्ग्रहमा भएको एउटा राजनीतिक विषयको कथा सिनेमाको अतिथि कलाकार जस्तो लाग्ने दाबी गरे ।

पोलिटिकल लिटरेसी फर वुमनकी अध्यक्ष प्रकृति भट्टराई बस्नेतले हरेक जीवन सामान्य रहे पनि हरेक व्यक्तिलाई आफ्नो जीवन अनि भोगाइ असामान्य लाग्ने बताइन् ।

‘रहर पढ्दा महसुस हुन्छ, यी सबै कथामा म छु अनि मेरा अनुभव पनि छन्,’ उनले भनिन्, ‘मैले असामान्य मानेका मेरा भोगाइ मैले मात्र भोगेकी होइन रहेछु । मैले सोचेका असामान्य घटना सामान्य रहेनछन् ।’

लेखक बडालले आफ्नो कथासङ्ग्रहमा सामान्य जीवनका तिनै कथालाई मीठो गरी पस्केको बताए । आफ्नो पुस्ताले यो कथासङ्ग्रहका हरेक कथामा आफूलाई पाउने उनको दाबी छ ।

प्रकाशक फाइन प्रिन्टका अजित बरालले नेपालमा लेखक अत्यन्त कम रहेको र त्यसमा पनि राम्रो लेख्नेहरू झनै कम रहेको बताए ।

‘त्यसैले हामी सधैं प्रतिभावान् लेखक आगमनको प्रतीक्षामा हुन्छौं । जब सुरेश बडाको पाण्डुलिपि हाम्रो हातप¥यो,’ उनले भने, ‘त्यति बेला लाग्यो, हामीले प्रतीक्षा गरेको नयाँ प्रतिभाको आगमन भएको छ ।

ससाना रहरहरूको खुत्रुके बनेर आएको यो पुस्तकमा बडालले केही आफ्नै भोगाइ र केही अवलोकन गरेका यथार्थ घटनालाई कथानक बनाएका छन् ।

उनले कहीँ आफैंलाई पात्र बनाएर उभ्याएका छन् भने कहीँ यथार्थ पात्रहरूलाई कल्पनाशीलताको बुकुवा घसेर चिटिक्क पारेका छन् ।

सरल र सरस भाषामा लेखिएको यस कृतिले नेपाली साहित्यमा नयाँ प्रतिभाको जोडदार आगमनको सङ्केत गर्छ । पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ९ : ०० बजे

नगर विकास समितिका पूर्वअध्यक्ष पक्राउ

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष गोपाल

पर्वतको हम्पाल र कोखेडाँडामा पर्यटकको आकर्षण बढ्यो

पर्वत- यो समय घुमघामका लागि अनुकूल मानिन्छ । जताततै लालीगुराँस

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दशरथचन्द (बैतडी)- बैतडीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक

कांग्रेसको आधिकारिकता विवादमा सुनुवाइ सकियो, फैसला आउन बाँकी

काठमाडौँ– नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको मुद्दामा सुनुवाइ सकिएको छ। शुक्रबार सर्वोच्च

चालू आर्थिक वर्षभित्रै सक्नेगरी यातायात विभाग र मुद्रण केन्द्रबीच १७ लाख लाइसेन्स छाप्ने सम्झौता

काठमाडौं- यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच १७ लाख