भारतविरूद्धको दोस्रो एक दिवसीय क्रिकेटमा इंग्ल्यान्ड विजयी « Khabarhub

भारतविरूद्धको दोस्रो एक दिवसीय क्रिकेटमा इंग्ल्यान्ड विजयी


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाहुना टोली इंग्ल्यान्डले भारतविरुद्धको दोस्रो एकदिवसीयमा शानदार जित निकालेको छ ।

पुनेमा शुक्रबार भएको खेलमा इंग्ल्यान्डले भारतमाथि ६ विकेटको शानदार जित निकालेको हो ।

भारतले दिएको ३ सय ३७ रनको विशाल लक्ष्य इंग्ल्यान्डले ४३ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

इंग्ल्यान्डको जितमा जोनी बेयर्स्टोले १ सय १२ बलमा १ सय २४ रनको शतकीय इनिङ्स खेले ।

यस्तै बिस्फोटक ब्याटिङ गरेका बेन स्टोक्सले ५२ बलमा ९९ रनको अर्धशतकीय इनिङ्स खेले । जासन रोयले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै लियाम लिभिङस्टोनले अविजित २७ रन बनाउँदा डाविड मालनले अविजित १६ रन बनाए ।

भारतका प्रसिद्ध कृष्णले २ विकेट लिए । भुवनेश्वर कुमारले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३६ रन बनाएको थियो ।

भारतका केएल राहुलले १ सय ८ रनको शतकीय इनिङ्स खेले पनि टोलीको जितका लागि पर्याप्त भएन ।

यस्तै ऋषव पन्तले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहलीले ६६ रनको अर्धशतकीय इनिङ्स खेले ।

जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ६ : ५५ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति