सैनिक कल्याणकारी कोषको रकम ५८ अर्बभन्दा बढी « Khabarhub

सैनिक कल्याणकारी कोषको रकम ५८ अर्बभन्दा बढी


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सैनिक कल्याणकारी कोषको कूल सम्पत्ति रु ५८ अर्बभन्दा बढी पुगेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सैनिक कल्याणकारी कोषको रकम गत पुस मसान्तसम्म रु ५८ अर्बभन्दा बढी पुगेको हिताधिकारीलाई जानकारी दिए ।

विसं २०३२ मा संयुक्त राष्ट्रसङ्घको मिसनअन्तर्गत मध्यपूर्वमा सेना सहभागी भएवापत प्राप्त भएको रु एक करोड २४ लाख राशिबाट उक्त कोष स्थापना गरिएको थियो ।

कोषको रकम वृद्धि हुनमा बहालवाला र अवकाशप्राप्त योगदान, मूलपूँजीबाट आर्जित व्याज र लगानीबाट प्राप्त प्रतिफल नै भएको उनले जानकारी दिए । हिताधिकारीका लागि सञ्चालित कल्याणकारी कार्यक्रमको प्रमुख स्रोत नै उक्त कोषको रकम हो ।

कोषबाट सञ्चालित सेवा सुविधा समयानूकुल बढोत्तरी भइरहेको तथा कल्याणकारी सेवा सुविधामा बढाउने उद्देश्यले कोषको पहुँच र प्रभावकारिता बढाउन स्पष्ट नीति तर्जुमा गरी लागू गरेको सेनाले जानकारी दिएको छ ।

कोषको उचित प्रयोग, मितव्ययिता र पारदर्शीता ध्यानमा दिँदै सुविधालाई विकेन्द्रित, पारदर्शी एवं परिणामुखी तुल्याउँदै लगिएको बताइएको छ । सेनाले कोषमार्फत बहालवाला, भूपू सैनिक र एकल महिलाका परिवारलाई शिक्षा, स्वास्थ्य, सीप, स्वरोजगार र सुविधामा प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

सैनिक र आश्रित परिवारलाई सुरक्षित भविष्यतर्फ अग्रसर गराउन शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार तथा सुविधामा जोड दिँदै आएको बताउँदै प्रधानसेनापति थापाले भने, “भूपू सैनिकलाई प्रोत्साहन गर्न, कमजोर आर्थिक स्थिति र सामाजिक अवस्थाबाट जीवनस्तर उकासी समाजमा सम्मानजनक जीवनयापन गर्न सकून् भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित छ ।”

उक्त कोषबाट प्रत्यक्ष सेवा प्राप्त गर्ने वहालवालाका अतिरिक्त भूपू सैनिक र  एकल महिलाको सङ्ख्या ८६ हजार छ । उक्त कोषसँग प्रत्यक्ष वा परोक्ष जोडिन वहालवाला, भूपू सैनिकका आश्रित व्यक्तिको सङ्ख्या आठ लाखभन्दा बढी रहेको जनाइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ९ : १० बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा