नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीच टी-२० सिरिज ४ बैशाखबाट हुने पक्का « Khabarhub

नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीच टी-२० सिरिज ४ बैशाखबाट हुने पक्का


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल मलेसिया र नेदरल्याण्ड्स सम्मिलित अन्तर्राष्ट्रिय टी २० सिरिज कीर्तिपुर मैदानमा हुने पक्का भएको छ । बैशाख चार गतेबाट यो प्रतियोगिता हुने भएको हो ।

नेपाल क्रिकेट संघ क्यानले विज्ञेप्ती जारी गर्दै यो प्रतियोगिता बैशाख चार गतेबाट ११ गतेसम्म हुने बताएको छ । प्रतियोतिगाको नाम बजाज पल्सर ट्राइ नेशन्स सिरिज रने भएको छ । यो प्रतियोगिताको मुख्य प्रायोजक बजाज रहने भएको छ । यस्तै सिंभम सिमेन्ट पनि प्रायोजकमा रहेको छ । डबल राउण्डरोविनका आधारमा हुने प्रतियोगिताका शिर्ष दुई टिमले फाइनल खेल्नेछन ।

प्रतियोगिताका लागि खेलाडी र अफिसियललाई बायो सेक्युयर बबलमा राखिने छ भने पीसीआरको परीक्षण गरिनेछ ।

नेपालले खेल्ने भनिएको आइसीसी विश्व क्रिकेट लिग टु स्थगित भएपछि क्यानले यो प्रतियोगिता गर्न लागेको हो । यो प्रतियोगिताका लागि मलेसिया र नेदरल्याण्ड्स करिब एक साता अगाडि नै नेपाल आउने सम्भावना छ ।

यस्तै मैदानमा दर्शकको प्रवेशका विषयमा नेपाल सरकारसँग समन्वय भइरहेको र यदि सरकारले अनुमति दिएको खण्डमा दर्शकलाई राखिने र निषेध गरेमा विना दर्शक प्रतियोगिता गरिने भएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ८ : ३० बजे

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु