गिजाको रोगको घरेलु उपचार विधि « Khabarhub

गिजाको रोगको घरेलु उपचार विधि


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—     पठानी लोध, प्रियंगुपुष्प, मैनसिल र तेजबल— यिनीहरुलाई महसँग पिसेर लगाउनाले गिजाको रोग ठीक हुन्छ ।

—     मनतातो घीउले कुल्ला गर्नाले गिजाको रोग ठीक हुन्छ ।

—     गिजामा रगतयुक्त पीप निस्कियो भने चिल्लो पदार्थ खानुहोस् र तेलले कुल्ला गर्नुहोस् । यो रोग ठीक हुन्छ ।

— लोध (चिसो ठाउँमा हुने बास्नादार फुल फुल्ने रुख), पतंग (एक प्रकारको ठूलो रुख), महुआ, लाख (एक प्रकारको सानो रातो कीरो) र मौलश्रीको चूर्ण मुखमा दल्नाले गिजाको रोग ठीक हुन्छ (यो रोग हल्लिरहेको दाँतको लागि हो ।)

—     नागरगोथे, हर्रोको बोक्रा, सुठो, खुर्सानी, पीपल, वायुविडङ्ग र नीमका पातहरुको चुर्णको गोली गोमूत्रसँग बनाएर छायाँमा सुकाउनुहोस् । सुत्ने समयमा एक गोली मुखमा राख्नाले हल्लिरहेको दाँतको पीडा हट्नेछ ।

—     दाँतमा कीरा लाग्यो भने हिङलाई तताएर दाँतको बीचमा च्यापेर राख्नुहोस्, यसो गर्नाले दाँतका कृमिहरु मर्नेछन् ।

—     समुद्रझाग, नरकचू, सुठो र अकरकराको चूर्ण दाँतहरुमा लगाउनाले सर्किएको दाँत ठीक हुन्छ ।

—     पाँचवटै नुनहरु, नीलोतुथो, सुठो, खुर्सानी, पीपल, पीपलामुख, माजूफल र वायुविडङ्गलाई पिसेर चूर्ण बनाएर दाँतहरुमा मञ्जन गर्नुहोस् । समस्त रोगहरु हट्नेछन् ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ५ : २४ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य