कृत्रिम तालमा डुबेर मृत्यु « Khabarhub

कृत्रिम तालमा डुबेर मृत्यु


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरको हेटौँडा–१३ मा निर्माणाधीन पुलको खाल्डोमा डुबेर बेपत्ता भएका एक जनाको शव सोमबार राति फेला परेको छ ।

ज्यान गुमाउनेमा सिन्धुपाल्चोक मेलम्ची घर भई हाल हेटौँडा–१२ बस्ने २६ वर्षीय दिनेश दङ्गाल रहेको प्रहरीले जनाएको छ ।

उनी दिउँसोदेखि पुल निर्माणका लागि निर्माण सामग्री निकाल्दा बनेको कृत्रिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको पौडी टोलीले राति अबेर उनको शव फेला पारेको थियो ।

सोमबार हेटौँडा–१३ मै ३२ वर्षीया अर्का पुरुष मृत भेटिएका छन् । हेटौँडा–१४ कालापानीका ३२ वर्षीय जमानसिंह मोक्तानलाई बारीमा मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ । दुवै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १० : २५ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण