कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशसभाको बैठक स्थगित « Khabarhub

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशसभाको बैठक स्थगित


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ को प्रदेशसभा सचिवालयका तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको छ । सोमबार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबारको लागि तय भएको बैठक स्थगित भएको हो ।

मंगलबार बस्ने गरी तय भएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभाका निमित्त सचिव रंजित यादवले जानकारी दिए । उनका अनुसार संक्रमित कर्मचारीको अवस्था समान्य छ । उनीहरूलाई लक्षण देखिएपछि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा स्वाव परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।

कर्मचारीमा संक्रमण देखिएलगतै प्रदेशसभाका सम्पूर्ण कर्मचारीसहित ६५ जनाको स्वाब परीक्षण गरिएको छ । भोलिसम्म स्वाब दिएका सबैको रिपोर्ट आउने निमित्त सचिव यादवले बताए ।

गएको ३० चैतबाट सुरु भएको प्रदेशभाको पाँचौ अधिवेशनपछि १० वैशाखमा दोस्रो बैठक बसेको थियो । पाँचौ अधिवेशन शुरु भएपछि प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउने प्रक्रिया जारी छ ।

गएको १० गतेको बैठकमा प्रदेशसभा सदस्यहरुले दर्ता गराएको राजधानीसमबन्धी प्रस्तावमाथि छलफल भएको थियो भने अगामी बैठकमा नामकरणसम्बन्धी दर्ता भएको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ११ : ४५ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण